चितवन, १३ मंसिर । चितवनको मेघौलीमा जारी ३० औँ अन्तराष्ट्रिय हात्तीपोलो प्रतियोगितामा स्विजरल्याण्डको इएफजी, नेपालको चितवन नेशनल पार्क र मंगोलियाको चिन्जिङ खानले विजयी सुरुवात गरेका छन् । मेघौली विमानस्थल मैदानमा आज बिहान भएको पहिलो खेलमा स्विजरल्याण्डको इएफजीले युकेको पक्का चक्कालाई ६–९ गोल अन्तरले पराजित गरेको हो । भने दोस्रो खेलमा चितवन नेशनल पार्कले हङ्कङ्को विपा लिजेन्टलाई ९–११ को गोल अन्तरले पराजित गरेको हो । यसैगरी आजको तेस्रो खेलमा मङ्गोलियाको चिन्जिङ खानले नेपालको टाईगर टप्स टस्करलाई ५ का विरुद्ध ८ गोल अन्तरले पराजित गरेको आयोजकले बताएको छ । आजको अन्तिम तथा चौथो खेलमा डेनमार्कको टाईगर टप्स टाइग्रिस र ईङग्ल्याण्डको रुष्टी खुकुरी विच प्रतिस्पर्धा हुनेछ । यस पटकको खेलमा ६ विदेशीसहित ८ टिमले सहभागिता जनाएका छन् ।
चितवनको मेघौलीमा जारी ३० औँ अन्तराष्ट्रिय हात्तीपोलो प्रतियोगिता