२५ बिघा जग्गा सीमा अतिक्रमण


झापा, १० मंसिर
लामो समयदेखि दसगजा मिचेर भारतीय नागरिकबाट इँटाभट्टा सञ्चालन भइरहँदासमेत स्थानीय प्रशासन भने मौन बसेको छ । 
दक्षिणी झापाको कुमरखोद-टाघनडुब्बा जोडिएको नेपाल-भारत सीमाको दसगजा क्षेत्रमा भारतीय नागरिक मानिक चौधरीले इँटाभट्टा चलाएका हुन् । 
उनको इँटाभट्टा नेपाल-भारत सीमाको १३४ -२०) नम्बरको जंगे पिल्लर छेउमै दसगजा मिचेर सञ्चालित छ । 
चार वर्षेखि दसगजाभित्रै निर्बाध रूपमा इँटाभट्टा सञ्चालन भइरहेको भए पनि त्यसलाई रोक्न नेपाली प्रशासनले हालसम्म कुनै कदम चालेको छैन । स्थानीय प्रशासनको पटक-पटक ध्यानाकर्षा गराउँदासमेत इँटाभट्टा सञ्चालनमा रोक लगाउन प्रशासनले चासो नदेखाएको टाघनडुब्बाका कलाम सेखले बताए । 
भारतीय सीमा सुरक्षा बल एसएसबीको संरक्षण पाएका भट्टा सञ्चालक चौधरीलाई केही नेपाली नेता तथा स्थानीयवासीले सघाइरहेको पनि स्थानीयवासीले बताए । 
एसएसबीको बलियो साथ-सहयोग पाएका चौधरीले सोबारे कुरा उठाए स्थानीयवासीलाई थर्काउने गरेका छन् ।
एसएसबीको डरले स्थानीयवासी भने सोबारे बोल्न नै चाँहदैनन् । बोलेको थाहा पाए एसएसबीले कुटपिट मात्रै होइन, मुद्दासमेत लगाउने डरले स्थानीयवासी तैँ चुप मै चुप छन् ।
सो स्थानमा भारतीय पक्षबाट नेपाली सीमासमेत मिचिएको छ । एसएसबीले रातारात ३७ ओटा साना पिल्लर सारेको स्थानीयवासीले बताए । ०५९ सालमा सो स्थानमा भारतीय पक्षले सानो पिल्लर गाडी सीमा अतिक्रमण गरेको र २५ बिघा जग्गा उता पारेको कलाम सेखले बताए । 
'मिचेको २५ बिघा जग्गा उतैका आदिवासीलाई एकदेखि दर्ुइ बिघा दरले बाँडयो', सेखले भने, 'त्यसबेला एसएसबीले धानसमेत काट्न दिएन ।' सोको विरोधमा उत्रिएका सेखलाई एसएसबीले भारतीय अदालतमा मुद्दासमेत हालेको छ जसका कारण स्थानीयवासीलाई भारत जान-आउनसमेत अप्ठयारो परेको छ । 
Tags: , , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page