काममा लगातार हस्तक्षेप, हिसिलादेखि प्रधानमन्त्री हैरान



काठमाडौं, १० मंसीर ।  सुशासन र मितव्ययिताको बखान गरेर नथाक्ने प्रधानमन्त्री डा. बाबुराम भट्टराई आफ्नै पत्नी हिशिला यमी भट्टराईका कारण हैरान भएका छन् । एकीकृत नेकपा (माओवादी) मा केन्द्रीय स्तरकै हैसियत बनाएकी यमी चाँही प्रधानमन्त्री भट्टराईको सोच विपरित चल्न थालेपछि  डा. भट्टराई हैरान भएका हुन् ।

प्रशासनिक निकायको सरुवा, बढुवा तथा नियुक्तिहरुमा पत्नी यमीले दबाब दिने गरेबाट आफ्नै निवासमा समेत हैरानीको अवस्थामा रहेका प्रधानमन्त्री भट्टराई पत्नीसँग जोडिएर समाचारहरु आउन थालेपछि उनी झनै हैरान भएका भट्टराई निकट स्रोतले बतायो । यमीले आफ्ना नातागोताका व्यक्तिहरुलाई विभिन्न स्थानमा नियुक्त दिलाउन तथा थमौती गर्न भनी रकम लिएर वचन दिने चाल प्रधानमन्त्री भट्टराईले पाइसकेका छन् ।

प्रधानमन्त्री नियुक्ती हुँदाका बखतदेखि नै मितव्ययिता र सदाचारको कुरा आफूले उठाएको तथा त्यसलाई सर्वत्र स्वागत भएको अवस्थामा यमीका कारण आफ्नो छविमा समेत दाग लाग्न पुगेको भनी डा। भट्टराई अत्तालिएका छन् ।

यमीले पैसा आउन सक्ने खालका हरेक कुरामा ध्यान दिएर भट्टराईलाई दबाब दिने तथा कतिपय अवस्थामा आफैले फोन गरी भन्ने गरेको गुनासो पनि भट्टराईको जानकारीमा आएको छ । केयुकेएलमा आफ्नी दिदीलाई प्रमुखमा नियुक्ती गर्ने यमीले दिएको दबाबको कुरा सार्वजनिक भएपश्चात निर्माण तथा भौतिक योजना मन्त्री हृदयेश त्रिपाठीले समेत प्रधानमन्त्री भट्टराईलाई औलाला ठड्याउने अवस्था आएपछि प्रधानमन्त्री भट्टराई झनै दुःखी भएको स्रोतले बताएको छ ।

नेपाल खानेपानी संस्थानमा राम्रो काम गर्दा गर्दै सस्तोमा पाइप किन्ने निर्णय गरेका प्रमुखलाई सरुवा गर्न मन्त्री त्रिपाठीलाई सचेत गराउने मनस्थिति भट्टराईले बनाए पनि यमीका कारण भट्टराई चूप रहन विवश भएका छन् । भट्टराईले आफ्नो  छविलाई जति राम्रो देखाउन चाहे पनि उनकै पत्नी यमीका कारण सो संभव नहुने भएको छ ।

यमीले पैसा आउने स–साना काममा समेत वास्ता गरी हस्तक्षेप गर्ने गरेको स्रोतले बताएको छ । यमीले एउटा पत्रिकालाई विज्ञापन उपलब्ध गराउन पटक–पटक दबाबयुक्त फोन गर्ने गरेको कुरा प्रधानमन्त्री भट्टराईको जानकारीमा आएपछि भट्टराईले त्यस्तो हल्का कुरा नगर्न भन्दा पनि यमीले त्यसलाई नमानेको स्रोतको कथन छ ।

यस्ता विषयमा भट्टराई र यमीका बीचमा निवासमा भनाभन पर्ने गरेको तथा त्यस्तो अवस्थामा उनीहरुकी एक मात्र छोरी मानुषीले पिता भट्टराईको कुरामा बढी समर्थन गर्ने गरेको पनि स्रोतले बताएको छ । छोरीले संझाउँदा समेत हिसिला यमीले त्यसलाई वास्ता नगरी आफ्नो प्रवृत्तिमा कुनै परिवर्तन गर्न नचाहेको पनि स्रोतले बताएको छ ।
Tags: , , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page