शिव पौडेल को पछिल्लो अवस्था

siva-poudel.jpg
२२ मंसीर, चितवन- भरतपुरको कारागारमा भएको घटनापछि गम्भिर र्घाईते भएका तरुण दल चितवनका अध्यक्ष  शिब पौडेलको अबस्थामा केहि सुधार आएको छ । पौडेलको स्वास्थ्य अबस्थाको बिषयमा केही नबोलेको मेडिकल कलेज भरतपुरले एकाएक पौडेलको मृत्यु भएको हल्ला बाहिरीएपछि पौडेलको् स्वास्थ्य अबस्था र्सार्वजनिक गरेको हो । अहिले पौडेलको अबस्थामा पहिले भन्दा  सुधार आएको अस्पतालले जनाएको छ ।  अस्पतालका सुपरिटेन्डेन्ट एन एच रेड्डीको हस्ताक्षरयुक्त रिपोर्ट बाँढिएपछि स्थिति सामान्य अवस्थामा आएको छ।  रिपोर्टमा भनिएको छ , दुबै आखाँको नानीको स्थिति  राम्रो,कृत्रिम बेहोस बनाउँने औषधी रोकिएको, आफ्नो स्वसप्रश्वास बिस्तारै आउन थालेको तर प्रयाप्त नभएको,रक्तचाप १२०/७५ एम एम एच पि रहेको ,नाडीको धड्कन ९० बिपिएम, शरिरको तापक्रम ९८ डिग्रि फरेन्हाईट, प्लेटलेट ९५ हजार ,दुखाईमा प्रतिक्रिया आउन थालेको र बिरामिको अबस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।यस अघि काँग्रेस चितवनका जिल्ला सचिब देबेन्द्र गुरुङ सहित आफन्तहरुले पौडेलको स्वस्थ्य अबस्थाको बारेमा जानकारी लिएका थिए ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

disqus

Share this Page