सञ्चार मन्त्री गुप्ताले संवैधानिक परिषद्‍बाट राजीनामा दिए



काठमाडौं, पुस १- भ्रष्टाचार गरेको अभियोगमा मुद्दा चलिरहेका सञ्चार मन्त्री जेपी गुप्ताले संवैधानिक परिषद्‍को सदस्यबाट राजीनामा दिएका छन्। यही कारण उनलाई त्यहाँबाट हटाउन केही दिनअघिमात्र प्रधान मन्त्रीका सल्लाहकारलगायतले बाबुराम भट्टराईलाई ज्ञापनपत्रसमेत बुझाएका थिए। 
यसरी ज्ञापनपत्र दिनेमा प्रधान मन्त्रीका आर्थिक सल्लाहकार तथा पूर्व अर्थ सचिव रामेश्वर खनाल, अख्तियारका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त भोजराज पोखरेललगायत थिए। 

परिषद्‍ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित संवैधानिक आयोगहरुको पदाधिकारी सिफारिस गर्ने गर्छ। यस्तो महत्त्वपूर्ण निकायमा सर्वोच्च अदालतमा भ्रष्टाचार मुद्दा खेपिरहेका व्यक्तिलाई कायम राखिए विभिन्न कोणबाट प्रश्न उठ्ने उनीहरुले बताएका थिए।

गुप्ताले परिषद्‍मा बस्नु आफ्नो अधिकार भए पनि प्रश्न उठेकाले राजीनामा दिएको बताए।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

disqus

Share this Page