राष्ट्रवादी र प्रजातन्त्रवादी शक्ति एकजुट हुनुपर्छः थापा


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राष्ट्रवादी तथा प्रजातन्त्रवादी शक्ति एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । मुलुकको राष्ट्रियता र प्रजातन्त्र कमजोर भइरहेको वर्तमान अवस्थामा सम्पूर्ण राष्ट्रवादी तथा प्रजातन्त्रवादी शक्ति एकजुट हुनु पर्ने उहाँको भनाई छ ।
उहाँले दलहरुको चर्को भागबण्डा र सत्ताप्राप्तिको लुछाचुँडीका कारण संविधानसभाको थपिएको छ महिना मा पनि जनताले संविधान पाउन नसक्ने ठोकुवा गर्नुभयो ।
कांगे्रस, एमाले, राष्ट्रिय जनशक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका विभिन्न दल परित्याग गरी आएका करिब दुई सयलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष थापाले राष्ट्रियता र प्रजातन्त्रप्रति कटिवद्ध भई अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page