मंसिरमा स्थानीय निकायको चुनाव: मन्त्री रायमाझी


topbahadur rayamajhi
स्थानीय विकास मन्त्री टोप बहादुर रायमाझीले मंसिरभित्र स्थानीय निकायको चुनाव गर्ने तयारीमा मन्त्रालय रहेको बताएका छन् ।  
रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सर्वदलीय संयन्त्र खारेज नगरी सर्वोच्चले दिएको आदेश पालना नगर्दा पछि अप्ठयारो पर्ने भएकाले दलीय संयन्त्र खारेज गर्न बाध्य भएका उनले बताए । 
उनले भने, 'एक दुई दिनमा चुनाव नहुँदासम्म कसरी सञ्चालन गर्ने भन्ने विषयमा टुंगो लाग्छ । त्यसको लागि मापदण्ड बनाउन विधि र प्रक्रिया बनाएर विकास गरिन्छ ।' उनले जनसहभागितामा परिचालनको लागि २० करोड रुपैयाँ छुटयाउँदा माओवादी कार्यकर्तालाई बाँडन खोजेको भनेर विवादमा पारेको दावी गरे । माओवादी स्थायी समिति सदस्य समेत रहेका मन्त्री रायमाझीले भने, 'स्थानीय निकायलाई बलियो बनाउनुपर्छ ।' उनले दलीय संयन्त्रले भष्टचार गरेको देखिए त्यस्तो पार्टी कार्यकर्ता र कर्मचारीलाई कारवाही गर्ने पनि बताए ।
कार्यक्रममा काग्रेस केन्द्रीय सदस्य एवं सभासद पुष्पा भुसालले पहिला शान्ति प्रक्रिया पुरा गर्न र संविधान निर्माणको लागि पार्टी गंभिर रहेको बताईन । उनले राष्टिय सहमतीय सरकारको लागि सरकारको नेतृत्व परिवर्तन गर्नुको विकल्प नभएको दावी गरिन् । 
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page