कुनै पनि हालतमा पार्टी फुट्दैन : दाहाल,वैद्यपक्षद्वारा उद्‍घाटन कार्यक्रम बहिस्कार-

वैद्यपक्षद्वारा उद्‍घाटन कार्यक्रम बहिस्कार- 

 रुकुम, माघ १ - एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कुनै पनि हालतमा पार्टी नफुट्ने दावी गरेका छन्। 'हाम्रो पार्टीमा केही सैद्धान्तिक मतभेद भएपनि पार्टी फुट्ने तहसम्मको भने होइन्,' रोल्पामा उनले भने, 'संभवत आज नै बस्ने केन्द्रीय कमिटीमा मोहन वैद्य र मेरो प्रस्तावलाई एउटै बनाएर प्रस्तुत गर्नेछौं।' 
पार्टी केन्द्रीय कमिटीको वैठक स्थगित गरेर झण्डै एक दर्जन केन्द्रीय नेतासहित हेलिकप्टरबाट आइतबार रोल्पा पुगेका दाहालले पार्टीभित्र केही सौद्धान्तिक मत भिन्नता देखिएको स्वीकार गरे। ठूलो वलिदानीबाट पार्टी निर्माण भएकोले कसैले चाहदैमा पार्टी नफुट्ने उनको भनाई छ। 

तर, वैद्य पक्षका नेता कार्यकर्ताहरु भने कार्यक्रममा सहभागी भएन्। त्यस्तै आफ्नो पार्टीहरुसँग समन्वय नगरेको भन्दै नेकपा एमालेले विरोध गरेको छ।
माओवादीको इज्जत रोल्पाले जोगायो : दाहाल
दाहालसँग अर्थमन्त्री वर्षामान पुन, नेता पोष्टवहादुर बोगटी, कृष्णवहादुर महारा, लोकेन्द्र विष्ट लगायत सभाषदहरुको टोली रोल्पा पुगेको थियो। आफ्नो पार्टीको इज्जत रुकुम रोल्पाले जोगाइदिएको बताएका छन्। माओवादी पार्टीको इज्जत रुकुम रोल्पाले जोगाइदिएकोले आगामी दिनहरुमा आफ्नो पार्टी रुकुम रोल्पाको इज्जत जोगाउने तर्फ लाग्ने बताए। जनयुद्ध थालनी गर्दादेखि शान्ति प्रक्रियामा पुग्दासमेत आधार क्षेत्रका जनताको उतिकै विश्वास र दृढताले माओवादीलाई खबरदारी भइरहेको उनको भनाई थियो। देशका अन्य क्षेत्रका नागरिक भन्दा यस क्षेत्रका जनताहरुले धेरै दुख पीडा भोगेको भन्दै अवका दिनहरुमा रुकुम र रोल्पाबाटै पुनःनिर्माण थालिने आश्वासन दिए। युद्धकालमा धेरै ध्वंस भएकाले अबको पुनःनिर्माणको थालनी रुकुम रोल्पाबाट हुने उनको भनाई थियो।

रोल्पाको माडिचौरमा आइतबारदेखि शुरु भएको रोल्पा महोत्सवको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष दाहालले उक्त कुरा बताएका हुन्। 'प्रधानमन्त्री हुँदाको समयमा विदेशी देशका सरकार र राष्ट्र प्रमुखहरुले रोल्पाकोबारेमा जिज्ञासा राखेको कुराले पनि प्रमाणित भएको छ, हाम्रो पार्टीको शान आधार क्षेत्रका जिल्लाहरुले जोगाइदिएका छन्,' दाहालले भने, 'आजसम्मा हाम्रो पार्टीको इज्जत जोगाउनुभएको छ, अब तपाईको ऋण हामी शान्ति, संविधान र विकासबाट चुक्ता गर्छौ।'

रोल्पालीको गौरव परिश्रमी, त्याग, तपस्या र बलिदान,-रोल्पाको पहिचान कृषि जडिबुटी खनिज जलश्रोत र पर्यटन भन्ने मुलनारा सहित आइबारदेखि रोल्पा महोत्सव शुरु भएको छ। महोत्सव ३ दिनसम्मा चल्ले छ। रोल्पा जिल्लाका ५१ वटै गाबिसमा उत्पादित कृषिजन्य बस्तु, तथा जडिबुटी प्रदर्शनी, प्रत्येक गाविसका स्टल र संघ सस्थाका करिब २० वटा भन्दा बढी स्टल, ५१ वटै गाविसमा नाचिने स्थानीय लोक झाँकी, जिल्लाका जलश्रोतहरुको पहिचान यस महोत्सवका मुख्य आकर्षक छन्।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page