तत्काल स्थानीय निर्वाचन गरः पौडेल


ramchandra_poudel_CA_Meetin
धनगढी, अषाढ १ - कांग्रेस उपसभापति रामचन्द्र पौडेलले स्थानीय निकायको चुनाव तत्काल गरिनुपर्ने बताए ।
वर्तमान सन्दर्भमा स्थानीय निकायको सरकार विषयक सुदूर र मध्यपश्चिमस्तरीय कार्यशाला गोष्टीमा पौडेलले स्थानीय निकाय लामो समयदेखि जनप्रतिनिधि विहीन अवस्थामा रहेकाले तत्कालै चुनाव गर्नुपर्ने धारणा व्यक्त गरेका हुन् । उनले भने 'मुलुकलाई नयाँ ढाचामा ढाल्न केही समय लाग्ला तर स्थानीय निकायलाई जनप्रतिनिधि विहीन बनाएर राख्नु हुँदैन ।'
उनले माओवादीले सामाजिक र सांस्कृति द्वन्द्व चलाएर संविधानको कुरालाई किनारा लगाएको बताए । उनले भने 'माओवादीले गर्दा नै संविधान आउन नसकेको हो ।' उनले अब राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताए । नेता पौडेलले प्रधानमन्त्री बाबुराम भट्टराईले राजिनामा गरेर राष्ट्रिय सहमतिको वातावरण बन्ने बताए । उनले राष्ट्रिय सहमति कायम गरी गम्भीर संकटमा फस्न लागेको मुलुकलाई उम्काउनु पर्ने बताए । उनले भने 'मुलुक गम्भीर संकटमा रहेको अवस्थामा राष्ट्रिय सहमतिको आवश्यकता छ ।'
विकेन्द्रीकरण सहयोग समाजद्वारा आयोजित कार्यशाला गोष्टीमा माओवादीका पिलुट ब्यरो सदस्य लेखराज भट्टले  सुदूरपश्चिमवासीको चाहानालाई बोल्दा आफू पार्टीबाटै बहिस्कृत हुनुपर्ने अवस्था आएको बताए । उनले अखण्ड सुदूरपश्चिमको पक्षमा आफ्नो मत पार्टीमा राखेका थिए ।
प्रकाशित मिति: २०६९ अषाढ १ ०८:३२ 
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page