कांग्रेसमा भ्रातृ संगठको विवाद मिल्यो


Congress-flag
काठमाडौं, अषाढ १ - कांग्रेसमा भ्रातृसंस्था विघटनपछि चुलिएको विवाद शुक्रबारदेखि अन्त्य भएको छ । सभापति सुशील कोइरालाले वरिष्ट नेता शेरबहादुर देउवाको असन्तुष्टिलाई सम्बोधन हुनेगरी नेविसंघ, महिला संघ र तरुण दलको तदर्थ समिति विस्तार गरेपछि दस महिनादेखि जारी विवाद अन्त्य भएको हो । योसँगै असार ४ गते डाकिएको केन्द्रीय समितिको बैठकमा देउवा र उनी पक्षीय सदस्यहरू सामेल हुने भएका छन् । एकलौटी रूपमा भ्रातृसंस्था विघटन गरिएको भन्दै देउवाले केन्द्रीय सदस्यबाट नौ महिनाअघि राजीनामा दिएका थिए । उनको राजीनामापछि केन्द्रीय समितिको बैठक समेत यो समूहले बहिष्कार गर्दै आएको थियो ।
थपिएका सदस्यहरूको नामावली यस प्रकार छः
नेपाल विद्यार्थी संघ
१.    यज्ञ कट्टेल                 मोरङ
२.    निलकमल भट्टराई    ओखलढुंगा
३.    अशोक बस्ताकोटी      नवलपरासी
४.    भगवान अधिकारी      काभ्रे
५.    जीवन खत्री        भक्तपुर
६.    लोकेन्द्र रोकाया        कैलाली
७.    विमला भट्ट        गोरखा
८.    विमलचन्द विष्ट        ललितपुर
९.    गोविन्द लामिछाने    कास्की
१०.    केशव मिश्र        कैलाली
११.    सरोज मैनाली        सिन्धुली
१२.    बीरेन्द्र यादव        बारा
१३.    नन्दकिशोर यादव    सप्तरी
१४.    अर्जुन महतारा
१५.    दावागेलु पार्खारङ (राजु)    सोलुखुम्बु
१६.    शकुन्तला त्रिपाठी    रामेछाप
१७.    सञ्जय सिलवाल    गोरखा
१८.    भीमसिंह गुरुङ        सुनसरी
१९.    सूर्यबहादुर थापा        रौतहट
२०.    निर्मल पौडेल        चितवन
नेपाल महिला संघ
१.    पार्वती थापा मगर (उर्मिला)    तनहुँ
२.    अमुदा श्रेष्ठ        काठमाडौं
३.    महिन्द्रा लिम्वू        झापा
४.    रंगमती शाही        हुम्ला
५.    उषा भण्डारी        काठमाडौं
६.    प्रशीष महरा        डोटी
नेपाल तरुण दल
१.    मेखलाल श्रेष्ठ        स्याङ्जा
२.    नवीन सिंह        पर्सा
३.    टोमलाल राजवंशी    झापा
४.    महेश खरेल        काभ्रे
५.    डण्डी ढकाल        सुर्खेत
६.    पूर्ण गुरुङ        तनहुँ
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०६९ असार ४ गते दिउासो १ः०० बजे पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने छ । पार्टीका केन्द्रीय पदाधिकारी एवं सम्पूर्ण केन्द्रीय सदस्यहरूलाई उक्त बैठकमा उपस्थितिका लागि यसै विज्ञप्तिमार्फत हार्दिक अनुरोध गरिन्छ ।

Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page