जुटपानी गाविस आज साक्षर घोषणा हुदै

चितवन असार १३,
पूर्वी चितवनको जुटपानी गाविसलाई आज (शुक्रवार) साक्षर गाविस घोषणा गरिदै छ । गाविस भित्र रहेका १९ सय ९५ निरक्षर मध्य १६ सय २५ जनालार्ई साक्षर बनाई जुटपानीलाई साक्षर गाबिस घोषणा गर्न लागिएको हो ।  जिल्ला शिक्षा कार्यालय चितवनको सहयोग र कालिका सामुदायिक अध्ययन केन्द्रको आयोजनामा  तीन महिना अघि देखि सञ्चालित साक्षरता कक्षा प्रभावकारी भएपछि निर्धारित समयमै गाविसलाई साक्षर घोषणा गर्न लागिएको गाविस सचिव रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । गाविस भित्र सञ्चालित ८७ वटा साक्षरता कक्षामा १६ सय २५ जनालाई साक्षर बनाई गाविसलाई साक्षर घोषणा गर्न लागिएको पिठुवा श्रोत केन्द्रका श्रोत व्यक्ति रामकृष्ण लम्सालले जानकारी दिनुभयो । सो गाविसको ९७ प्रतिशत नागरिक साक्षर भएको उहाँले बताउनुभयो । जुटपानी  लाई साक्षर गाविस घोषणा गर्ने क्रममा विहिवार गाविस भित्र रहेका सम्पूर्ण विद्यालयका प्रधानाध्यापकहरुको भेला आयोजना गरिएको थियो । 
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page