बीरगंज, असार १३
ट्यालेण्ट राउण्ड कार्यक्रममा प्रमुख अतिथि नागरिक समाजका अगुवा एव बिपिसी कलेजका निर्देशक डा. दिपक शाक्यले आफ्नो प्रतिभालाई लुकाउनु नहुने भन्दै आफुसंग भएको प्रतिभालाई कसैले रोक्न नसक्ने बताउनुभयो । उहाँले मेहनत गर्ने र अनुशासनमा बस्ने व्यक्ति जहिले पनि अगाडी बढ्ने बताउनुभयो । बिसिएन ईभेन्ट मैनेजमेण्ट एण्ड फेमिन ब्युटि होम एण्ड ट्रेनिङ्ग सेन्टरले महिलाको क्षेत्रमा सराहनीय काम गरेकोले बधाई दिदै अगामी दिनमा आफुसग हुने सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।विपिसी कलेजमा आयोजित मिस टीन नारायणीको ट्यालेण्ट राउण्ड एक कार्यक्रमका बीच सम्पन्न भएको छ । बिसिएन ईभेन्ट मैनेजमेण्ट एण्ड फेमिन ब्युटि होम एण्ड ट्रेनिङ्ग सेन्टरद्धारा संयुक्त रुपमा आयोजना गरिएको मिस टिन नारायणीको ट्यालेण्ट राउण्ड बिपिसी कलेजको सभाहलमा फेमिन ब्युटि होम एण्ड ट्रेनिङ्ग सेन्टरकी सन्चालिका गुडडी जोशीको सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रममा निर्णायक मण्डल इरफान अन्सारी, मार्टिन मुक्तान, प्रवीण जैसवाल, अनामिका पुजारी, रेखा शर्मालगायत अतिथिहरुमा बीरगंज युवा समाजका अध्यक्ष कमल चौलागाई, मधेसी पत्रकार समाजका अध्यक्ष संतोष पटेल, सहित सहभागिहरुको अभिभावक एव साथीहरुको उपस्थिति रहेको थियो । अडिसनमा नारायणी अन्चलका १३ जना सहभागि भएका थिए । अगामी अषाढ १४ गते शनिबारको दिन फाइनल हुने आयोजक विसिएनका रन्जन गुप्ताले जानकारी दिनुभयो ।