बजेट अधिवेशन सुरु

२९ जेठ, काठमाडौं ।
सरकार र प्रतिपक्षि दल उच्चस्तरिय राजनीतिक समिति गठन गर्न सहमत भएपछि अवरुद्ध संसद बुधवार रातीबाट सुचारु भएको छ । सरकारले विगतमा सहमती पालना गर्ने बचनबद्धता जनाएपछि अवरुद्ध बजेट अधिवेशन सुरु भएको हो ।
उच्चस्तरिय राजनीतिक समिति बनाउने सहमती गरेपनि दलहरुबिच समितिको नेतृत्वमा सहमती हुन सकेको छैन । समिति नेतृत्वमा सत्ताधारी दुई दल काँग्रेस एमाले सहित एमाओवादी समेतले दावी नछाडेपछि सहमती हुन नसकेको हो ।
संसद सुचारु भएपछि बजेट माथिको छलफल भने सुचारु भएको छ । अर्थमन्त्री डा. रामशरण महतले बजेट रकमान्तर गरेर आफ्नो निर्वाचन क्षेत्रमा मात्र पारेको भन्दै सुरु विरोधले संसद स्थगित हुन पुगेको थियो ।
तर सत्ता बाहिर रहेका दलहरुले त्यहि बहानामा उच्चस्तरिय राजनीतिक समिति गठनलाई मुद्दा बनाएपछि २ सातादेखी अवरुद्ध बैठक बुधवार रातीबाट सुचारु भएको हो ।
सहमतीपछि सुरु बजेट अधिवेशनमा बोल्दै कानुनमन्त्री नरहरी आचार्यले यसअघि पालना भएका सहमती पालना गर्दै संविधानसभा निर्वाचनमा भएका धाँधली छानविनको लागि समिति गठन गर्न सभामुख सुवास चन्द्र नेम्वागंलाई आग्रह गर्नुभयो ।
यस्तै अर्थमन्त्री डा. रामशरण महतले रकमान्तर भएको भनिएको बजेट बारे संसदमा जानकारी गराउनुभयो । दलहरुबीच भएको सहमतिअनुसार बजेट रकमान्तरबारे अर्थमन्त्रीले संसदमा सम्पूर्ण विवरण पेश गर्नेछन्।
त्यस्तै उक्त रकमको दुरुपयोग हुन नदिन भन्दै जिल्लास्तरीय सर्वदलीय संयन्त्र बनाउने सहमति पनि दलहरुबीच भएको छ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page