डाइभरले गाडीले किचेर मान्छे मारे लाइसेन्स खारेज

२९ जेठ, काठमाडौं ।
गाडीले ठक्कर दिएर मान्छे मारेपछि क्षतिपूर्ती दिएकै भरमा उन्मुक्ती पाउँदै आएका चालकहरु अब उम्कन नपाउने भएका छन् । गाडीले ठक्कर दिएर वा आफैं दुर्घटनामा परेमा चालकले लाईसेन्स गुमाउनेछन् ।
नेपाल सरकारका मुख्य सचिब लिलामणी पौडे्लको अध्यक्षमा रहेको केन्द्रिय अनुगमन तथा मुल्याङकन समितिको ३२ औं बैठकले मानिसको ज्यान जानेगरि गाडी दुर्घटना गराउने चालकको लाईसेन्स खारेज गर्न सिफारीस गरेको छ ।
ल्याउन लागिएको नयाँ कानुन अनुसार लाइसेन्स लिनको लागि उमेर समेत तोकिने भएको छ । साथै निश्चित शैक्षिक योग्यता समेत निर्धारण गरिने भएको छ ।
यस्तै सडकमा छोडिने पशु चोपायाको कारण दुर्घटना भएमा त्यसको क्षतीपूर्ती सम्बन्धित पशु चौयापा धनीले नै तिर्नुपर्ने नयाँ ब्यवस्थामा उल्लेख छ ।
यसैगरि बैठकले प्राकृतिक प्रकोप नियन्त्रण र उद्धारको लागि झण्डै ५ सय गाउमा प्रशिक्षित समुह तयार गर्ने्, राहदानी विभाग, अध्यागमन विभाग, वैदेशिक रोजगार विभागबाट २४ सै घण्टा सेवा उपलब्ध गराउने निर्णय गरेको छ ।
यस्तै बैठकले एमआरपी पासपोर्ट नभएकै कारण मलेसियाबाट फर्काइएका नेपालीको समस्या समाधान गर्न कुटनीतिक पहल गरिदिने निर्णय समेत गरेको छ । पुरानो भिषाको म्याद बाँकी नै भएपनि हस्तलिखित राहदानी भएका कारण नेपालीहरु मलेसियाबाट फर्कन बाध्य भएका छन् ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page