प्रचण्डले भने-सभासद नै असुरक्षित छन् भने जनताको अवस्था के होला ?

२८ जेठ काठमाडौं । प्रमुख विपक्षी दल एमाओवादीका अध्यक्ष प्रचण्डले सभासदहरुको सुरक्षा व्यवस्था मिलाउन माग गरेका छन् ।
बुधबार संसद बैठकमा एमाओवादी अध्यक्ष एवं संसदीय दलका नेता प्रचण्डले सभासदहरुको सुरक्षाका लागि आवश्यक प्रवन्ध मिलाउन सरकार र संसद सचिवालयलाई आग्रह गरेका छन् । ‘सभासद नै सुरक्षित छैनन् भने जनताको अवस्था के हो भन्ने सन्देश जान्छ’ उनले भनेका छन् ।
बुधबार कांग्रेस सभासद रीता शाहीलाई संविधानसभा प्रवेश गेट नजिकै मुक्का हानेका थिए ।

Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page