केहीदिनमा नै वैद्यसंग एकताः प्रचण्ड

काठमाडौं, जेठ ३१
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मोहन बैद्य नेतृत्वको नेकपा माओवादीलगाएतका पार्टीहरुसंग छिट्टै एकता हुने दावी गर्नुभएको छ । धनुषा काठमान्डौ गणतान्त्रीक जनसम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै बैद्य नेतृत्वको माओवादींगको एकता अन्तिम तयारीमा पुगेको बताउनुभायो । उहाँले मात्रीका नेतृत्वको माओवादीसंग समेत एकता हुने जिकिर गर्नुभयो । पार्टीभित्र बिबाद पनि पर्दे जाने एकता पनि हुदै जाने भन्दै अध्यक्ष प्रचण्डले पार्टी रहँदासम्म यो प्रक्रिया चलिरहने बताउनुभयो । 
अध्यक्ष प्रचण्डले विगतमा पार्टी पहिलो भएको अबस्थामा भन्दा अहिले जनताका एजेण्डा उठाउन सजिलो भएको बताउनुभयो । पहिलो पार्टी हुँदा अरुलाई पनि मिलाउनुपर्ने तर प्रतिपक्षी हुदा बढी स्वतन्त्र भइने भएकोले यसपटक जनताका एजेण्डा उठाउन सकिने उहाँको भनाई छ ।  आफुहरु तेश्रो पार्टी भएपनि कांग्रेस र एमालेले आफ्ना एजेण्डा बोकेकोले नआत्तीन उहाँले कार्यकर्तालाई आग्रह गर्नुभयो ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page