देवघाटबाट मौलाकालिका मन्दिर सम्म केबुलकार लैजाने योजना

चितवन असार १,
देवघाट–बाट नवलपरासीको मौलाकालिका मन्दिर सम्म केबुलकार लैजान सकेमा दुवै धार्मिक पर्यटकिय स्थलको विकास हुने देवघाट क्षेत्र विकास समितिका नवनियुक्त अध्यक्ष शैलेन्द्र कुमार पियाले बताएउनु भएको छ । आइतवार पदभार ग्रहण गदै पियाले हाम्रो समाजमा नकारात्म प्रवृति को हावी भएको भन्दै त्यस लाई देवघाट क्षेत्र विकास समितिमा छिर्न नदिने बताउनु भयो । राजनितिक नियुत्ती भए पनि आफुले पाटीलाई पाटी कार्यालयमा नै छाडेर आएको भन्दै यस धार्मिक क्षेत्र मार्फत विशुद्ध समाज सेवा गर्ने प्रतिवद्धता  जनाउनु भयो ।व्यक्तिगत ईच्छाले मात्रै कुनै पनि सामाजिक काम सम्पन्न नहुने भन्दै नवनियुक्त अध्यक्ष पियाले पुर्व अध्यक्षहरुको साथ र सहयोग भएमा यस पवित्र भुमिलाई धार्मिक क्षेत्रको रुपमा विकास गर्न सकिने वताउनु भयो । धार्मिक संगै यस क्षेत्रका स्थानियहरुको आर्थिक अवस्था पनि सुधार गर्ने जिम्मेवारी आफ्नो काधमा आएको भन्दै पार्क, पर्यटकीय क्षेत्रको विकास लगाएतका कार्यहरु यो समितिले गर्ने जानाकारी दिनुभयो । कार्यक्रममा पुर्व अध्यक्ष खेमलाल भण्डारीले लामो समय पछि देवघाट क्षेत्र विकास समितिले अभिभावक पाएको भन्दै एक अर्का संग समन्वय गरि ऐतिहासिक वस्तुहरुको संरक्षण गर्नुनै नव नियुक्त अध्यक्षको मुख्य जिम्मेवारी भएको वताउनु भयो । धार्मिक पर्यटकीय क्षेत्रको प्रचार प्रसार र संरक्षण गदै यहां भित्र रहेका विविध समस्याहरुको समाधान गदै अगाडी वढ्नु पर्ने उहांको भनाई छ ।यसअघि जेठ २७ गते संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भीम आचार्यको अध्यक्षतामा भएको बैठकले पियालाई समितिको अध्यक्षमा नियुक्त गरेको हो । त्यस्तै समितिको सदस्यमा टंकप्रसाद पौडेल नियुक्त हुनु भएको छ भने मनोनिस सदस्यमा झक्त बहादुर गुरुङ ,वैकुण्ठ प्रसाद न्यौपाने , कृष्ण प्रसाद शर्मा ,सुन्तली महतो रहनु भएको छ ।

Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page