क्रिष्टियानो रोनाल्डोमाथि मुलरको ग्रहण

Muller-and-ronaldo-1
फुटबलको महामेलामा यो पटक फुटबलमा स्टार खेलाडीहरु चम्किने प्रष्ट देखिएको थियो । उद्घटन खेलमा क्रोएसियाविरुद्ध दुई गोल गर्दै ब्राजिलियन स्टार नेयमारले पहिलो बाजी मारे ।
नेदरल्याण्डका रोविन भानपर्सी र आर्जेन रोविनले पनि त्यही गरे । इटलीका मारियो बोलोटेली र करिम बेन्जिमाले पनि आफ्नो क्षमता देखाए । त्यसपछि २००६ पछि विश्वकपमा गोल गर्न नसकेका अर्जेन्टिनी स्टार लिओनल मेस्सीको पालो आयो । उनले उत्कृष्ट गोल गर्दै आफूलाई अब्बल सावित गरे ।
सोमबार जर्मनीविरुद्ध पोर्चुगलले खेल्दा धेरैको अनुमान थियो, आज विश्वमञ्चमा चम्कने पालो स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको । २९ वर्षका फिफा बालोन डि’ओर विजेता रोनाल्डोले प्रि–म्याच कन्फ्रेन्समा आफू १०० प्रतिशत फिट रहेको बताए र भने अब मैले प्रमाणित गर्न केही बाँकी छैन ।
तर, पोर्चुगल ब्राजिल विश्वकपको आफ्नो पहिलो खेलमा जर्मनीसँग ४–० को हार व्यहोरेपछि रोनाल्डोका भनाइ हल्का सावित भयो । पोचुर्गिज टोलीका आफ्नो सीमाहरु थिए, रोनाल्डो आफैं तिघ्रा र घुँडाको चोटबाट पीडित थिए । झन ३७ औं मिनेटमा पेपेले रातो कार्ड खाएपछि टोलीमा असर देखियो ।
तर, रोनाल्डो विश्वकपमा चम्कन सकेनन्, थोमस मुलर मैदानमा गर्जिए । मैदानबाट बाहिरिँदा रोनाल्डोमा उच्च आत्मविश्वास देखिन्थ्यो तर, उनले कुनै प्रतिक्रिया दिन अस्वीकार गरे ।
खेलको ६० औं मिनेटमा रोनाल्डो लयमा फर्कने संकेत देखिएको थियो । तर, डि बक्स एरियाबाहिर बाट उनले दाहिने खुट्टाले हानेको सट जर्मन गोलरक्षक म्यानुअल नेयूरले असफल बनाइदिए । ८४ औं मिनेटमा उनको प्रयास राम्रो थियो । त्यसबाहेक पोचुगर्ललाई विश्वकपमा पु¥याउने क्रममा स्वीडेनविरुको ह्याट्रिक गर्दा होस् वा रियल मड्रिडलाई युरोपियन च्याम्पियन बनाउन क्रममा देखिएको स्कील ब्राजिलमा देखिएन ।
मैदानमा अधिकांश समय जर्मनीका थोमस मुलर चम्किए । त्यसो भनौं रोनाल्डोमाथि मुलरको ग्रहण लाग्यो । उनले ब्राजिल विश्कपमा पहिलो ह्याट्रिक गरे ।
तर, रोनाल्डोले आफूलाई फिट भएको भने प्रमाणित गरेका छन् । जसले पोर्चुगललाई प्रि क्वाटरफाइनलमा पुग्न सहयोग गर्नेछ । पोचुर्गलले अब घाना र अमेरिकासँग खेल्नेछ ।

Tags: , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page