विश्वकपको पाँचौ छिटो गोलसँगै अमेरिका विजयी

Clint Dempsey
३ असार, काठमाडौं । ब्राजिल विश्वकप फुटबलमा अमेरिकाले विजयी सुरुवात गरेको छ । मंगलबार विहान भएको भएको खेलमा अमेरिकाले घानामाथि २–१ गोल अन्तरले रामान्चक जित हात पारेको हो ।
खेलमा अमेरिकाले २९ औं सेकेन्डमा नै डेम्पसीको गोलबाट अग्रता लिएको थियो । यो विश्वकपको इतिहासमा पाँचौ सर्वाधिक छिटो गोल हो । पहिलो हाफमा अमेरिकाको गोल गर्ने केही राम्रो प्रयासलाई घानाका गोलरक्षक कवारासीले असफल पारे ।
घानाले ८२ औं मिनेटमा बराबरी गोल फर्कायो । आन्द्रे अयेवले अमेरिकाका दुई डिफेण्डरलाई छक्याउँदै हानेको बलले जाली चुम्यो ।
तर, त्यसको चार मिनेटपछि नै जोन ब्रुक्सले गोल गर्दै अमेरिकालाई जित दिलाए । ब्रुक्सको यो पहिलो अन्तराष्ट्रिय गोल हो ।

Tags: , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page