बुटवल, असार १२ – बालिकामाथि यौनशोषण गरेको आरोपमा रुपन्देही बुटवलका एक होटल ब्यवसायी पक्राउ परेका छन् ।
आफ्नै होटलमा काम गर्ने १४ वर्षकी बालिकालाई यौन शोषण गरेको आरोपमा प्रदीप होटलका सञ्चालक ५३ वर्षका लेखनाथ भण्डारीलाई पक्रेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
बुटवलको एक विद्यालयमा कक्षा ६ मा पढ्ने बालिकासँग शिक्षिकाले सोधखोज गर्दा आफु गर्भवती भएको बताएपछि घटना सार्वजनिक भएको हो । भण्डारीले पनि यौनशोषणको आरोप स्वीकार गरेका प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको बुटवलका डिएसपी दिनेश आचार्यले बताउनुभयो ।
छोरीको रुपमा पालनपोषण गर्ने र पढाइदिने भन्दै भण्डारीले ७ वर्षको उमेरमा ती बालिकालाई गुल्मीबाट बुटवल ल्याएका थिए ।