पक्राउ परेका ६० नेपालीलाई मलेसियाली कम्पनीले नै नेपाल पठाउने

। मलेसिया, असार ११ - अवैधानिक रुपमा बसेको आरोपमा मलेसियामा पक्राउ परेका ६० जना नेपालीलाई निशुल्क रुपमा स्वदेश फर्काइने भएको छ ।
मलेसियामा रहेका ३ वटा सेक्युरिटी कम्पनीले यो पटक २०–२० जना गरी ६० जना नेपालीलाई आफ्नै खर्चमा नेपाल पठाइदिने घोषणा गरेका छन् ।
उनीहरुले आउँदो वर्षदेखि भने ४०–४० जनाको दरले १ सय २० जना नेपालीलाई आफ्नै खर्चमा नेपाल पठाइदिने घोषणा गरेका छन् । बुधबार मलेसियाको राजधानी क्वालालम्पुरमा नेपाली राजदुत निरञ्जनसिंह बस्न्यातको उपस्थितीमा भएको कार्यक्रममा मलेसियाका ३ वटा सेक्युरिटी कम्पनीले यस्तो घोषणा गरेका हुन् ।
ती सेक्युरिटी कम्पनीले नेपालीलाई हवाई टिकट उपलब्ध गराउने छन्  । सहयोगको घोषणा गर्ने कम्पनीमा युनिभर्सल गार्ड एसडिएन बिएचडी, एमएसी कन्सुलेन्स एसडिएन बिएचडी र अल सेफ गार्ड एसडिएन बिएचडी छन् ।
मलेसियाका कम्पनीले सार्वजनिक गरेको यो सहयोग प्रस्तावको प्रसंसा गर्दै नेपाली राजदुतले मलेसियाका डिटेन्सन क्याम्पमा ६ सय ४३ जना नेपाली रहेको र उनीहरुलाई घर फर्काउन आफू लागि परेको जानकारी दिनुभयो । त्यसका लागि सरकारले पनि केहि रकम छुट्याएको जानकारी दिँदै उहाँले मलेसियाली कम्पनीको सहयोगमा पहिलो चरणमा अशक्त, बिरामी, टिकटको व्यवस्था गर्न नसक्नेलाई नेपाल पठाउने जानकारी दिनुभयो । बिना पासपोर्ट र भिषा मलेसियामा बस्दा पक्राउ परेका तथा विभिन्न समयमा अपराध गरेर जेल सजायँ काटेका र नेपाल नफर्किएकालाई मलेसियाली प्रहरीले नै पक्राउ गरेर डिटेन्सन क्याम्पमा राखेको छ ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page