प्रचण्डले भने 'अदालतको कामदेखि मै सन्तुष्ट छैन'


एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतको अपहेलना सम्बन्धी विधेयकविरुद्ध संसदमा चर्को नारा लगाउने बताएका छन् । विराटनगरमा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले संसदमा पेश भएको अदालतको अपहेलना सम्बन्धी विधेयकविरुद्ध आफूहरु चुप लागेर नबस्ने बताए ।

 कसैको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न नहुने भन्दै प्रचण्डले यसवारेमा संसदमा आफूहरु कडा रुपमा प्रस्तुत हुने बताए । प्रचण्डले पछिल्लो समय अदालतको कामप्रति आफूलाई चित्त नबुझेको बताएका छन्  । उनले भने 'अदालतको गतिविधि म केही दिनदेखि असन्तुष्ट छैन ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page