पूर्वराजा ज्ञानेन्द्र शाहसँग चुनावमा २ करोड रुपैयाँ लिएको आरोपको राप्रपा नेपालका अध्यक्ष कमल थापाले खण्डन गरेका छन्।
शनिबार बिहान राजधानी दैनिकमा कमल थापाले संविधानसभा चुनावका लागि २ करोड रुपैयाँ चन्दा लिएको समाचार प्रकाशित थियो। सेतोपाटीले राजधानी दैनिकको समाचार आजको छापा शीर्षकमा साभार गरेको थियो।
थापाले सेतोपाटीसँग कुरा गर्दै 'बेनामी पर्चाको आधारमा कसैलाई आरोपित गर्दै समाचार बनाउनु पीत पत्रकारिता भएको' बताए। उनले भने, 'कसैको नामसमेत उल्लेख नभएको बेनामी पर्चालाई आधार बनाएर कसैलाई आरोपित गर्नु पत्रकारिता होइन। यसबारे अरु कुनै कमेन्ट गर्नु म जरुरी ठान्दिनँ।'