जर्मनीसँग हारेपनि अमेरिका भाग्यमानी

काठमाडौं, असार १३ - जर्मनी अमेरिकालाई १–० हराउँदै समूह जीको विजेता बनेर प्रिक्वार्टरफाईनल प्रवेश गर्‍यो भने अमेरिका हारेर पनि उपविजेता हुँदै अन्तिम १६ मा प्रवेश गरेको छ ।
यो अन्तिम १६ मा अब जर्मनीले अल्जेरिया र अमेरिकाले बेल्जियमसँग खेल्नेछ  ।
अमेरिका विरुद्धको खेलमा जर्मनीलाई जिताउन र विजेता बनाउन एक मात्र गोल थोमस मुलरले गरे ।
सुरुदेखि नै हावी भएर बारम्बार अमेरिकी पोष्टमा आक्रमण गरेपनि गोल गर्न नसकेर हैरानभएका बेला मुलरले ५५ औं मिनेटमा गोल गरे । डी बक्स भित्र बाट पेर मेर्टसेकरले गरेको हेड अमेरिकी किपरले असफल पारेपनि डी बक्सबाहिर रहेका मुलरले बललाई सिधै गोल पोष्टमा छिराएर उत्कृष्ट गोल गरे । पहिले हाफमा गोल गर्न नसकेपछि जर्मनीले लुकास पोडोल्स्कीको ठाउँमा मिरोस्लाभ क्लोजलाई मैदान उतारेको थियो ।   ६८ प्रतिशत बल होल्ड गरेको जर्मनीले अरु प्रहार गरेपनि गोल गर्न सकेन । अमेरिकाले पनि जर्मन पोष्टमा गरेका केही प्रहार जर्मन डिफेन्स र कीपरले रोके भने केही प्रहार दिशाहीन भए ।

मुलरको चौथो गोल

थोमस मुलर चालु प्रतियोगितामा चार गोल गर्ने तेस्रो खेलाडी हुन् । यसअघि ब्राजिलका नेयमार र अर्जेन्टिनाका लियोनेल मेसीले पनि चार गोल गरेका छन् । यो प्रतियोगितामा ह्याट्रिक गर्ने पहिलो खेलाडी मुलरले दुई वटा विश्वकपमा व्यक्ति गत गोल संख्या नौ पुर्‍याएका छन् । अघिल्लो विश्वकपमा उनले पाँच गोल गरेर गोल्डेन बुट जितेका थए ।

प्रि क्वाटर फाइनल खेल तालिका

ब्राजिलविरुद्ध चिली : शनिबार राती पौने १० बजे
कोलम्बियाविरुद्ध उरुग्वे : शनिबार राती पौने २ बजे
नेदरल्याण्ड्सविरुद्ध मेक्सिको : आइतबार राती पौने १० बजे
कोष्टारिकाविरुद्ध ग्रीस : आइतबार राती पौने २ बजे
फ्रान्सविरुद्ध नाइजेरिया : सोमबार राती पौने १० बजे
जर्मनीविरुद्ध अल्जेरिया : सोमबार राती पौने २ बजे
अर्जेन्टिनाविरुद्ध स्वीट्जरल्याण्ड : मंगलबार राती पौने १० बजे
बेल्जियमविरुद्ध अमेरिका : मंगलबार राती राती पौने १० बजे

समूह चरणबाटै बाहिरिने टोली :

अष्ट्रेलिया, बोस्निया हर्जगोभिना, क्यामरुन, क्रोएशिया, इक्वेडर, इंग्ल्याण्ड, घाना, होन्डुरस, इरान, इटाली, आइभरीकोष्ट, जापान, स्पेन, पोर्चुगल, रसिया र दक्षिण कोरिया
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page