चितवन, असार ८
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भरतपुरमा क्षेत्रीय पानी परीण प्रयोगशाला स्थापना भएको छ । क्षेत्रीय प्रयोगशालामा मध्यमाञ्चल क्षेत्रीका १९ जिल्लाका खानेपानी आयोजनाका मात्रै होइन, सर्वसाधारणले ल्याउने नमुना परीक्षण गर्न पाउने सुविधा रहेको छ ।सर्वसाधारणले परीक्षण गर्न आउंदा निश्चित रकम भने तिर्नुपर्ने हुन्छ ।आर्सेनिक जस्ता रासायनिक तत्व परीक्षण गरेको ३५० रुपैयां सम्म तिर्नुपर्दछ । त्यस्तै पानीमा फलाम र व्याक्टेरियाको परीक्षण गर्दा २५० रुपैयां सम्म तिर्नुपर्ने हुन्छ । डिभिजन कार्यालयका प्रमुख चक्रपाण्ँि शर्माले पानीको नमुना लिएर आएमा खान मिल्ने या नमिल्ने के छ परीक्षण गर्न मिल्ने बताउनुभयो ।प्रयोगशालाका केमिस्ट रामकृष्ण खनालले महिनाको पांच जनासम्म आफूले प्रयोग गरेको पानी परीक्षण गर्न आउने गरेको जानकारी दिनुभयो ।पानीमा हुने भौतिक, रासायनिक र जैविक अवस्था परीक्षण गरेर गुणस्तरीय छ या छैन भन्ने निक्र्यौल गरिन्छ । परीक्षणका लागि नमुना ल्याउंदा प्रयोगशालाका प्राविधिकहरुसंग विशेष सरसल्लाह गरेर सुरक्षित तवरमा खानेपानी ल्याउनुपर्ने हुन्छ । अस्पतालहरु, विपद् व्यवस्थापनका क्षेत्रमा काम गर्ने संघसंस्था पनि परीक्षणका लागि आउने गर्दछन् । परीक्षणका लागि आएकामध्ये पूर्वी चितवनको बाघमारा क्षेत्रमा आर्सेनिकको समस्या देखिएको कार्यलयले जनाएको छ । पानीमा दिसामा हुने कोलिफर्म जस्ता किटाणुहरु छ या छैनन् भन्ने हेर्न आउने पनि धेरै नै छन् । दिसामा हुने किटाणुुहरुले टाइफाइड, जण्डिस, झाडावान्ता जस्ता स्वास्थ्य समस्या आउंछ । हालसालै मात्रै सञ्चालनमा आएको प्रयोगशालामा जनशक्ति, उपकरण र रसायनहरुको पनि अभाव छ । प्रयोगशालाका लागि केमिस्ट, एसिसटेन्ट केमिस्ट, मेकानिक्स र जुनिएर मेकानिक्सको दरबन्दी रहेको छ । तर तोकिएकोदरबन्दी अनुसारको जनशक्ति भने छैन ।