विश्वकप फुटवल गोल रेकर्ड । पेले पछि परे, क्लोजको रेकर्ड रोनाल्डो बराबर


विश्वकप फुटवल गोल रेकर्ड । पेले पछि परे, क्लोजको रेकर्ड रोनाल्डो बराबर
८ असार, काठमाडौं ।
३६ बर्षीय जर्मन स्ट्राइकर मिरोस्लाभ क्लोजले आइतबार विहान घानासँग भएको खेलसँगै विश्वकप फुटवलमा गोल संख्या १५ बनाएका छन् । उनको यो गोल रेकर्ड सर्वाधिक गोल कीर्तिमान धारी रोनाल्डो बराबरको हो । तर पेलेले खेलबाट सन्यास लिएको दशकौं भइसकेको छ भने क्लोज खेलिरहेकाले अब नयाँ रेकर्ड क्लोजको नाममा रहने संभावना बढेको छ ।
विश्वकप फुटवलमा गोल रेकर्ड बनाउने क्रममा क्लोजले आइतबार विहान घाना विरुद्ध एको खेलमा डि बक्स नजिकै आइपुगेको बललाई वानटचमा गोलपोष्टको दिशा दिएका थिए । गोल पछि उत्साही क्लोजले आफ्नो चीर परिचित शैलीमा हावामा डाईभ हानेर खुशीयाली मनाएका थिए ।

क्लोजले यसअघिका तीनवटा विश्वकपमा ५-५ र ४ गोल गरेका थिए । यस्तै जर्मनीविरुद्धको खेलमा गरेको गोलसंगै घानाका आशामोह ज्ञानले अफ्रिकाबाट विश्वकपमा सर्वाधिक गोल गर्ने २ जनाको सूचीमा आफ्नो नाम पनि लेखाएका छन् । ज्ञान र रोजर मिल्लाले समान ५-५ गोल गरेका छन् ।

आइतवार विहान भएको खेलमा घाना विरुद्ध गोल गरेपछि क्लोजको  गोलसंख्या १५ भएको छ । यो ब्राजिलका रोनाल्डोको बराबरी हो ।
यसअघि १४ गोल गर्दा आफ्नै देशका गड मुलरसँग कीर्तिमान बराबरी बनाएका क्लोजले विश्वकपमा धेरै गोल गर्ने जर्मन खेलाडी पनि बनेका छन् ।

चौथो विश्वकप खेलिरहेका क्लोजले सन् २००२ र २००६ मा ५–५ र सन् २०१० मा ४ गोल गरेका थिए ।
क्लोज ४ वटा विश्वकपमा लगातार गोल गर्ने तेश्रो खेलाडी पनि बनेका छन् । यसअघिसम्म पेले र युवे सिलरले मात्र ४ वटा विश्वकपमा गोल गरेका थिए ।
Tags: , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page