राजा बीरेन्द्रको वंश नाश गर्ने अझै अज्ञात

जेठ १९
दरबार हत्याकाण्ड भएको १३ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते दरवारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्रको बंश नै नाश हुनेगरी राजपरिवारका सबै सदस्यको एकै ठाउँमा हत्या भएको थियो । हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज, दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति सहित १० जनाको निधन भएको थियो।घटनापछि तत्कालीन सरकारले गठन गरेको समितिले छानबिनपछि तयार पारेको प्रतिवेदनले घटना तत्कालीन युवराज दीपेन्द्रबाट भएको ठहर गरेपनि यो प्रतिवेदन सर्वमान्य हुन सकेन । घटनाको १२ वर्ष वित्दासम्म पनि हत्याकाण्डको तथ्य अझै बाहिर आउन सकेको छैन । नेपाली नागरिकले कहिल्यै नविर्सने त्रासदीपूर्ण घटनापछि मुलुकको राजनीतिले नै नयाँ मोड लिएको थियो ।
Tags:

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page