१८ जेठ काठमाडौं । लागूऔषध ओसारपसार गरेको आरोपमा फुटबलका महान हस्ती पेलेका छोरालाई ब्राजिलको उक अदालतले ३३ वर्ष जेल सजाय सुनाएको छ । साओ पाउलोस्थित स्थानीय अदालतले इदिन्हो उपनामदे चिनिएका एडसन चोल्बी दो नास्सिमेन्टोलार्इ दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो ।
इदिन्हो ब्राजिलियाली फूटबल क्लब सेरि ए क्लब सान्टोसमा’ गोलकिपर कोच हुन् । अदालतको फैसलाविरुद्ध इदिन्होले पुनरावेदन गर्ने वताएका छन् ।
४३ वर्षीय इदिन्होले आफू लागू औषध ओासारपसारमा नलागेको तर लागू औषधको अम्मली भने भएको अदालतसमक्ष स्वीकार गरेका थिए ।रासस
About Author
iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan