नेपाली काग्रेसका केन्द्रिय सदस्य गगन थापाले चितवनको क्षेत्र नम्बर चारमा काग्रेसको प्रतिष्पर्धी कुनै दल नरहेको बताउनुभएको छ । क्षेत्र नम्बर चार अन्र्तगत आज तीन छुट्टाछुट्टै चुनावि सभालाई सम्बोधन गर्दै उहाले आधा मतान्तर भएकाहरु प्रतिष्पर्धी हुनै नसक्ने बताउनुभयो ।
नेपाली काग्रेसको केन्द्रिय समितिले अन्य धेरै ठाउँ दिदा पनि पार्टी सभापति कोईरालाले कार्यकर्ताको विश्वासका कारण चितवन रोजेको बताउदै उहाले चार नम्बर क्षेत्र काग्रेसको प्रतिष्ठाको क्षेत्र भएको बताउनुभयो । अघिल्लो पटक माओवादी दम्भका कारण संविधान सभा असफल भएको बताउदै यसपटक असफल भयो भने फेरि अर्को पुस्ता असफल हुने भन्दै काग्रेस सबैलाई मिलाएर संविधान जारि गर्ने पक्षमा रहेको नेता थापाले बताउनुभयो । नेपाली काग्रेस असार ८ गते हुने उपनिर्वाचनका लागि नेपाली काग्रेसले क्षेत्र नम्बर चार अन्र्तगत आज आयोजना गरेको भरपुरको बुद्ध चोक, फुलवारि र पटिहानिको चुनावि सभालाई सम्बोधन गर्दे उहाले उपनिर्वाचनमा नेपाली काग्रेसका उम्मेदवार रामकृष्ण घिमिरेको प्रतिष्पर्धाी कोही नभएको भन्दै उहालाई जिताउन आग्रह गर्नुभयो । सभापति शुसिल कोईरालाको प्रतिनिधिका रुपमा घिमिरेलाई काग्रेसले उभ्याएको बताउदै उहाले कोईरालाको भन्दा बढि मत ल्याएर जिताउन आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली काग्रेसका उम्मेदवार रामकृष्ण घिमिरेले संविधान र विकास निर्माण दुवैका लागि आफुलाई जिताउन आग्रह गर्नुभयो ।
भरतपुर नगरपालिका नेपाली काग्रेस बडा नम्बर सातले बुद्ध चोकमा आयोजना गरेको चुनावि सभामा नेपाल महिला संघकी केन्द्रिय अध्यक्ष डाक्टर डिला संग्रौला, नेपाली काग्रेस चितवनका सभापति टेक प्साद गुरुङ, भरतपुर नगर सभापति मिलनबाबु श्रेष्ठ, सभाषद अञ्जनी श्रेष्ठ, पूर्व सांसद जगन्नाथ पौडेल, बुथ सभापति निलमणि पाठक लगाएतले काग्रेसलाई जिताउन अपिल गर्नुभयो ।