८ असार, बिराटनगर । सम्पत्ति शुद्धीकरणमा मुद्दा खेपिरहेका विवादास्पद छविका परशुराम बस्नेत नेकपा एमालेको महाधिवेशन प्रतिनिधि चुनिएका छन् ।
संगठित अपराधअन्तरगत अकुत सम्पत्ति कमाएको अभियोगमा धरौटी तिरेर रिहा भएका बस्नेत मोरङको क्षेत्र नं. ७ बाट महाधिवेशन प्रतिनिधिचसनएका हुन् । बस्नेत एमाले संसदीय दलका नेता केपी ओलीप्यानलका हुन् ।
मोरङमा माधव नेपालको बहुमत
मोरङबाट छानिएका महाधिवेशन प्रतिनिधिमा नेपाल पक्षको बाहुल्य देखिएको छ । मोरङका ९ वटा चुनाव क्षेत्रबाट माधव नेपालनिकट ३४ जना प्रतिनिधि छानिएका छन् भने केपी ओलीनिकट २० जना छानिएका छन् ।
मोरङ क्षेत्र नं. ३ बाट नेपालनिकट ४ जना प्रतिनिधि छानिँदा ओलीनिकट १ जनामात्रै छानिएका छन् । क्षेत्र नं. ४ बाट सबै प्रतिनिधि नेपालनिकट छानिएका छन् । त्यसैगरी क्षेत्र नं. ६ बाट पाँचैजना प्रतिनिधि नेपालनिकट छानिएका छन् । क्षेत्र नं. ८ बाट ६ जना नेपालनिकट छानिएका छन् भने ओलीनिकट ३ जना परेका छन् ।