खुल्ला विश्वविद्यालय खोल्न एनआरएनसँग सहमति

२८ जेठ, काठमाडौं । नेपालमा खुल्ला विश्व विद्यालय सञ्चालन गर्ने विषयमा शिक्षा मन्त्रालय र गैरआवासीय नेपाली संघ (एनआरएन) बीच सहमति भएको छ । मंगलबार भएको सम्झौताले २०१० मा काठमाडौंमा र २०१२ मा अस्ट्रेलियामा भएका समझदारीहरुलाई कार्यान्वयनमा ल्याउन मार्गप्रशस्त गरेको एनआरएन अध्यक्ष शेष घलेले जानकारी दिए ।

‘नेपालमा खुल्ला विश्वविद्यालय स्थापना र सञ्चालन गर्ने सम्बन्धमा कानूनी काखा तयार भइरहेको छ’ बुधबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा घलेले भने -खुल्ला विश्व विद्यालय स्थापना गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय भएको छ ।
समझदारीअनुसार मन्त्री परिषदले गठन गरेको नेपाल खुल्ला विश्व विद्यालय पूर्वाधार विकास समिति अन्तर्गत शिक्षा मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग र एनआरएनको सहभागितामा अधिकारसम्पन्न प्राविधिक इकाइ खडा गरिने छ । सो इकाइले सरकार, एनआरएन र अन्तराष्ट्रिय समुदायको पहललाई एकपित्रत गरि खुल्ला विश्वविद्यालयको स्थापना र कार्यक्रम सञ्चालन गर्नेछ ।
‘सरकार र एनआरएनले आआफ्नो तर्फबाट भौतिक र बौद्धिक लगानी गर्नेछन्’ घलेले भने -एनआरएनको पुँजी मात्रै होइन, सीप, अनुभव र बौद्धिकता पनि नेपाल भित्रिने भएको छ ।

Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page