कार्बन मोबाइलको ब्रान्ड एम्बेसडरमा पारस खड्का

Carbon Mobile 2
काठमाडौं । नेपाल राष्ट्रिउ क्रिकेट टिमका कप्तान पारस खड्का कार्बन मोबाइलको ब्रान्ड एम्बेसडर भएका छन् । कार्बन मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता एलाइड ट्रेड लिंकले पारसलाई ब्रान्ड एम्बेसडर बनाएको हो ।
भर्खरै बंगलादेशमा सम्पन्न टी-२० विश्वकप क्रिकेटमा राम्रो प्रर्दशनी गरेपछि कप्तान पारस खड्काले लाखौं नेपाली प्रशंसकहरुको मायाँ पाउन सफल भएका छन् । उनले पाएको लोकप्रियतालाई मध्यनजर गरेर नेपालमा कार्बन मोबाइलको ब्रान्ड एम्बेसडरमा नियूक्त गरेको कम्पनीले बताएको छ ।
‘कार्बन मोबाइल सधै ग्राहकहरुसँग आफ्नो घनिष्ठता बढाउन प्रयासरत छ’ कम्पनीका प्रबन्ध निर्देशक मनिषराज भण्डारीले भने- ‘पारसलाई ब्रान्ड एम्बेसडर बनाउँदा ग्राहकसँगको निकटता बढ्ने अपेक्षा गरेका छौं ।’ पारससँग जोडेको सम्बन्धले नेपाली स्मार्टफोन बजारमा बलियो ब्रान्ड बनाउन सहयोग पुग्ने उलने विश्वास व्यक्त गरे ।
क्रिकेटले नेपालीहरुलाई एकताबद्ध गराउन सफल भएको र यसका प्रशंसकहरु बढ्दै गइरहेको बताउँदै भण्डारीले भने- पारससँग सहयकार्य गर्न पाउँदा निकै खुशी लागेको छ ।
यसै अवसरमा एलाइड ट्रेड लिंकले कार्बनका दुईवटा नयाँ स्मार्टफोन बजारमा ल्याएको छ । कम्पनीले एसवान प्लस र ए९२ मोडल नेपाली बजारमा भित्राएको हो ।
एसवान प्लस
एसवान दुुई सीम प्रयोग गर्न मिल्ने ३.९७ इञ्च ठूलो क्यापासिटिभ टच स्क्रिन भएको एन्ड्रोइड स्मार्टफोन हो । यसमा ४.२ जेलीबीन अपरेटिङ सिष्टम, १ गिगाहर्ज डिउल कोर प्रोसेसर, पछाडी ३.२ एमपी क्यामेरा, अगाडी डिजिटल क्यामेरा रहेको छ ।
१६०० एमएएच ब्याटि्र रहेको यस फोनमा वाईफाई, बीटी, इडीजीई, युएसबी सपोर्ट, जि-सेन्सर, पावरफुल मल्टिमिडिया, १ जीबी र्‍याम, ५१२ एमबी इन्टरनल मेमोरी, ८ जीबी फ्रि मेमोरी लगायतका सुविधाहरु रहेका छन् ।
ए९२
यो माडलमा पनि दुईवटा सीम प्रयोग गर्न सकिन्छ । एक गीगाहर्ज डिउल कोर प्रोसेसर रहेको यस मोडलमा ओएस एन्ड्रोइड ४.२ जेलिबिन अपरेटि्र सिष्टम, ३.९७ इञ्चको स्क्रिन, इन्टरनल मेमोरी ५१२ एमबी, २५६ जीबी र्‍याम, जि-सेन्सर, १६०० एमएएच ब्याटि्र, जीपीआरएस, पछाडी ३.२ मेगापिक्सेल क्यामेरा, अगाडी डिजिटल क्यामेरा, ८ जीबी मेमोरी फ्रि र आवश्यकताअनुसार ३२ जीबीसम्म विस्तार गर्न सकिने लगायतका सुविधारहरु रहेका छन् ।

 - 
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page