कार दुर्घटनामा भारतीय मन्त्रीको मृत्यु

२० जेठ, काठमाडौं । दिल्लीमा भएको कार दुर्घटनामा भारतका केन्द्रीय ग्रामिण विकास मन्त्री गोपीनाथ मुन्डेको निधन भएको छ ।उनी सत्तारुढ भारतीय जनता पार्टीका वरिष्ठ नेता समेत हुन् । अाज बिहान करिब  ६ बजे उनी अाफ्नो गाडीमा दिल्लीस्थित निवासबाट मुम्बुई जान बिमानस्थलतिर गइरहेका थिए । सोहीक्रममा पछाडीबाट अाएको सबारी साधनले उनी सवार गाडीलाई ठक्कर दिएको थियो । मुन्डे कारको पछिल्लो सिटमा बसेका थिए । पछाडी बसेका हुनाले दुर्घटना इस्थालमा नाजुक भैसकेका मुन्ड़े, दुर्घटनालगत्तै उनका सवारीचालकले अस्पताल पुराएका थिए । अस्पताल पुग्दा उनको श्वासप्रश्वास रोकिइसकेको चिकित्सकले बताए । उनको शरीरमा बाहिरी चोट नभएकाले दुर्घटना परेपछि हृदयघात भएको हुन सक्ने बताइएको छ ।केन्द्रीय स्वास्थ्यमन्त्री डा. हर्षवर्धनले मुन्डेको निधनको पुष्टी गरेका छन् । उनको भारतीय समय अनुसार विहान ७ बजेर २० मिनेटमा निधन भएको हो ।भारतीय राष्ट्रपति र प्रधानमन्त्रीले मुण्डेप्रति श्रद्धान्जली व्यक्त गरेका छन् । मुन्डेको बुधबार अन्त्यष्टी गरिनेछ । मुन्डे महाराष्ट्रका मुख्य नेता थिए ।
Tags:

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page