बेलो होरिजोन्टे– चिलीविरुद्ध ब्राजिलको असाधारण इतिहास छ। शनिबार विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा उत्रँदा त्यो इतिहासको खासै अर्थ हुनेछैन। समूह चरणमा जस्तो हार वा बराबरीले विश्वकप यात्रा टुंगिने भएकाले दक्षिण अमेरिकी दुई टोलीसँग जितको विकल्प छैन।
आयोजक ब्राजिलले अहिलेसम्म ६८ खेलमध्ये चिलीसँग ८ खेलमात्र हारेको छ। अघिल्ला तीन विश्वकपमा पनि चिली पराजित भएकाले ब्राजिललाई खेलको स्वभाविक दाबेदार मानिएको छ। पछिल्ला ३ खेलमा मात्र ब्राजिलले चिलीविरुद्ध ११ गोल हानेको छ।
सन् २०१० को विश्वकपमा एउटै समूहमा पर्दा ब्राजिलले चिलीलाई ३–० ले हराएको थियो। तर, ब्राजिली मिडफिल्डर विलियन समर्थकले स्वतः त्यस्तै प्रदर्शनको निरन्तरता अपेक्षा गर्न नहुने बताउँछन्।
'अहिलेको दिनमा फुटबलमा निकै परिवर्तन आइसकेको छ। हामीले चिलीलाई हराएका छौं। त्यो राम्रै हो। तर यो बिर्सन हुँदैन, हरेक खेलको छुट्टै कथा हुन्छ। मलाई विश्वास छ चिली उच्च मनोबलसाथ उत्रनेछ,' उनले भने, 'चेल्सीका खेलाडी उनले भने। घरेलु मैदान भएका कारण पनि ब्राजिली समर्थकले टोलीबाट ठूलो अपेक्षा राखेका छन्। यद्यपि टोली समूह चरणमा सम्भव ९ अंकमध्ये ७ अंक लिएर अघि बढेको हो।
अर्को समूहमा चिलीले पनि प्रभावशाली प्रदर्शन गर्यो । साविक विजेता स्पेनलाई २–० ले हराएर चिलीले बलियो दाबेदारी प्रस्तुत गरिसकेको छ। तथापि टोली नेदरल्यान्ड्ससँगको खेल २–० ले गुमायो। त्यही हारका कारण टोली समूह 'बी' को उपविजेता बन्दै ब्राजिलसँग भेट्न पुगेको हो।
ब्राजिली प्रशिक्षक लुइस फिलिप स्कोलारीले अन्तिम १६ मा चिलीबाहेकको प्रतिद्वन्द्वी अपेक्षा गरेको बताइसकेका छन्। यी दुईबीच पछिल्ला अभ्यास खेल २–२ को बराबरी र अर्कोमा ब्राजिल २–१ ले विजयी भएको थियो।
समूह चरणको अन्तिम खेल क्यामरुनलाई ४–१ ले हराउँदा प्रतियोगितामा पहिलो गोल गरेका स्ट्राइकर फ्रेड चिलीसँग कडा प्रतिस्पर्धा हुने अनुमान गर्छन्। तीन खेलाडीको रक्षापंक्तिसहित उत्रने टोलीमा स्तरीय फरवार्ड एलेक्स सान्चेज र अर्टुरो भिडालले अग्रपंक्ति सम्हाल्ने छन्।
'चिली प्राविधिक रूपमा निकै सक्षम टोली हो। उनीहरू एकदम समर्पित भएर खेल्ने छन्। उनीहरूसँग त्यस्ता फरवार्ड छन् जसले खेल परिवर्तन गर्न सक्छन्,' ३० वर्षे फ्रेडले भने, 'हामीले चिलीका केही खेल हेरेका छौं। मलाई लाग्छ दुवै टोली एकअर्काविरुद्ध पूरै आक्रामक प्रस्तुत हुनेछन्।'
सन् १९६२ मा विश्वकप आयोजना गरेयता चिली क्वार्टरफाइनल पुग्न सकेको छैन। घरेलु मैदानमा चिली ब्राजिलसँग पराजित हुँदै फाइनल पुग्नबाट वञ्चित भएको थियो। यद्यपि अर्जेन्टिनाका जोर्जे साम्पाउलीको नेतृत्वमा अहिलेको चिली टोली फरक देखिएको छ। चिलीले ब्राजिललाई घरेलु मैदानमा स्तब्ध पार्न सक्ने अनुमान गर्नेको पनि कमी छैन।
'हामी हार्न गरिरहेका छौं मैले सोच्ने हो भने कोठामा गएर सामान बाँधेर घर फर्कनु बेश हुनेछ,' बार्सिलोनाका फरवार्ड सान्चेजले भने। उनका क्लब सहकर्मी नेइमार र डानियल एल्भेस ब्राजिली टोलीमा छन्।
'म ब्राजिली टोलीको सम्मान गर्छु। तर हामी उनीहरूलाई हराउन गइरहेका छौं। हामी विश्वकपमा इतिहास बनाउन यहाँ आएका हौं,' उनले थपे, 'हामीले साविक विजेतालाई हरायो। नेदरल्यान्ड्सविरुद्ध पनि उच्च प्रदर्शन गर्यौं । अबको हाम्रो लक्ष्य भनेको उपाधि उचाल्ने हो।'
सान्चेजले विपक्षीबारे राम्रो जानकारी भएको बताए। उनले 'अहिलेसम्म हामीले खेलमा मजा लिइरहेका छौं। हामी विश्वस्त छौं। यद्यपि हामी कस्तो टोलीसँग खेल्दैछौं भन्ने बिर्सन हुँदैन, जुन टोलीमा विश्वकै केही उत्कृष्ट खेलाडी छन्।'
ब्राजिलको एउटा टेलिभिजनले टोलीको प्रशिक्षणसत्र खिचेकोमा चिलीका प्रशिक्षक साम्पाउली आक्रोशित बनेका थिए। रक्षक गारी मेडल त्यही अभ्यासक्रम घाइते भए। बाँकी खेलाडीमा भने समस्या छैन। नेदरल्यान्ड्सविरुद्ध आराम दिइएका भिडाल पनि ब्राजिलविरुद्ध उत्रने छन्।
ब्राजिलका सेन्टर ब्याक डेविज लुइजको पिठ्ँयूमा केही समस्या देखिए पनि अन्य खेलाडी भने पूर्ण फिट छन्। क्यामरुनसँगको खेलमा परिवर्तित खेलाडीमा उत्रेर प्रभाव पार्न सफल फर्नाडिन्हो चिलीविरुद्ध पहिलो रोजाइमा पर्ने सम्भावना छ। यी दुई टोलीको विजेताले क्वार्टरफाइनलमा अर्को दक्षिण अमेरिकी राष्ट्र कोलम्बिया वा उरुग्वेको सामना गर्नेछ।