सार्क देशका लागि उपग्रह प्रक्षेपण गर्न मोदीको आग्रह

१६ असार, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क देशहरुका लागि एक उपग्रह प्रक्षेपण गर्न आफ्ना देशका बैज्ञानिकहरुलाई आहृवान गरेका छन् । जसबाट भारतका छिमेकीहरुले अनधुनिक प्रविधीको लाभ लिन सक्नेछ ।
पीएमएलवी सी-२३ प्रक्षेपणपछि बैज्ञानिकहरुलाई सम्बोधन गर्दै मोदीले भने-यो उपग्रह छिमेकी देशहरुका लागि उपहार हुनेछ । जसले शिक्षा, टेलिमेडिसिन र कृषिसम्वन्धी जानकारी जस्तो सुविधा उनीहरुले पाउनेछन् ।’ यसअघि पीएमएलवी सी २३ आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट सफलतापूवर्क प्रक्षेपण गरिएको थियो ।
४४ मिटर अग्लो र २३० टन तौल भएको यो रकेटको लागत १०० करोड रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

Tags: , , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page