निगमको नयाँ विमानमा चरा ठोक्कियो

ग्राउन्डेड विमान एक साता उड्दैन : प्रवक्ता कसजु
१६ असार, बिराटनगर । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको चिनियाँ (एमए-६०) जहाजमा चरा ठोक्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार विहान ८ बजे विराटनगरका लागि उडेको जहाज विमानस्थलमा अवतरण गर्ने बेलामा चरासँग ठोकिन पुगेको हो । विमान बिराटनगर विमानस्थलमा ग्राउन्डेड भएको छ ।
जहाज चरासँग ठोक्किएपछि ग्राउन्डेड भए पनि जहाजमा रहेका यात्रु तथा चालक दलका सदस्यहरु भने सबैजना सकुशल रहेको निगमका प्रवक्ता सरोज कुमार कसजुले जानकारी दिए । जहाजमा ५२ जना यात्रु र ४ जना चालक दलका सदस्यहरु रहेका थिए ।
चरा ठोक्किएर जहाजको दायाँ पोर्पेलर (पंखा) क्र्याक भएको छ । जसले गर्दा जहाज ग्राउन्डेड हुन पुगेको हो । ‘जहाजको पोर्पेलर नफेर्दासम्म जहाज उडाउन मिल्दैन’ प्रवक्ता कसजुले अनलाइनखबरसँग भने- ‘पोर्पेलर चीनबाट ल्याएर फेर्नुपर्छ, पोर्पेलर ल्याएर फेर्न करिव एक साता लाग्ने भएकाले अब जहाज हप्ता दिन उड्दैन ।’
बिग्रेको पोर्पेलर जहाज निर्माता कम्पनीबाट ल्याउनुपर्ने भन्दै प्रवक्ता कसजुले अनलाइनखबरसँग भने- ‘हामीले कम्पनीमा पोर्पेलर क्र्याक भएको खबर गरिसकेका छौं, उनीहरुले पोर्पेलर पठाउन एक हप्ता लाग्ने बताएका छन् ।’ गत बैसाखमा चीनबाट ल्याइए पनि प्राविधिक उल्झनका कारण असार ११ देखिमात्रै उडान भर्न थालेको यो विमानले काठमाडौंदेखि धनगढी, भैरहवा, बिराटनगर र धनगडीसम्म उडान शुरु गरेको थियो । विमानले एक सातामा १५ उडान भर्ने बताइए पनि उडान भरेको एक साता नबित्दै चरासँग ठोक्किएको हो ।

Tags: , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page