ब्राजिल र अर्जेन्टिनाका जर्सी किन्नेको घुइँचो

काठमाडौं, जेठ २७ 

काठमाडौंको भद्रकाली स्पोर्टर्समा केही दिनदेखि जर्सी किन्नेहरुको निकै घुइँचो छ। बिहीबारबाट ब्राजिलमा विश्वकप सुरु हुने भएपछि नेपाली फ्यानहरु जर्सी किन्न पसलपसल चहारिरहेका भेटिन्छन्। 
 
उनीहरु आफूलाई मनपर्ने देशको जर्सी किन्न व्यस्त छन्। आफूलाई मनपर्ने देशको जर्सी लगाएर सडकमा हिड्ने नेपाली फ्यानहरुको संख्या पनि दिनप्रतिदिन बढ्दै छ ।
 
भद्रकाली स्पोर्टर्समा मंगलबार दिउँसो काठमाडौं ४ धापासी घर भएका गुलसन खड्का अर्जेन्टिनाको जर्सी किन्दै थिए। 
 
२८ वर्षीय खड्काले आफ्नो सबैभन्दा मनपर्ने टिम अर्जेन्टिना भएको हुँदा जर्सी किनेको बताए। 
 
अर्जेन्टिनाको मेसीको खेलबाट आफू प्रभावित भएको उनले सुनाए। यसपटकको विश्वकप अर्जेन्टिनाकै पोल्टामा पर्ने उनले अनुमान छ। 
 
यसैगरी ललितपुर पुल्चोकका प्रभाकर बिष्ट ब्राजिलको जर्सी छान्न व्यस्त थिए । दक्षिण अमेरिकी टिम ब्राजिल आफूलाई मनपर्ने उनले सुनाए। 
 
आयोजक ब्राजिलले विश्वकप पटकपटक जितिसकेको र यसपटक होम ग्राउन्डमा उसले आश्चर्यजनक प्रदर्शन गर्दै उपाधि घरभित्रै राख्ने उनको हिसाब छ। 
 
भद्रकाली स्पोर्टर्सबाट सबैभन्दा बढी ब्राजिल र अर्जेन्टिनाको जर्सी बिक्री भएको सेल्स म्यानेजर शरद धितालले  सेतोपाटीलाई जानकारी दिए। 
 
धितालले नेपालमा ब्राजिल र अर्र्जेेन्टिनाका फ्यानहरु बढी रहेको र जर्सी पनि बढी बिक्री भएको सुनाए।
 
‘हामी दैनिक  सयको हाराहारीमा जर्सी बेच्छौं, ब्राजिल र अर्जेन्टिनाको सबैभन्दा बढी  ७० भन्दा बढी जान्छ,’ उनले भने, ‘यसपटक बेल्जियम र उरुग्वेको जर्सीको माग पनि बढी छ।’ दुई/तीन हजारको संख्यामा ल्याएको बेल्जियम र उरुग्वेको जर्सी केही दिनमै सकिसकेको बताउँदै उनले त्यसको अभाव भएको सुनाए। भद्रकाली स्पोर्टर्सले यसपटक विभिन्न देशको झण्डै ९ हजार जर्सी ताइवानबाट ल्याएको छ।
 
बानेश्वरमा रहेको स्पोर्टर्स युनिभर्समा पनि जर्सी किन्ने नेपाली फ्यानको चाप बाक्लै छ। 
 
स्पोर्टर्स युनिभर्सका सञ्चालक दीपक विष्टले यसपटक ब्राजिल र अर्जेन्टिनाको जर्सी सबैभन्दा बढी बिक्री भएको बताए। बिष्टले अहिले दैनिक ६० वटा जर्सी आफूहरुको पसलबाट बिक्री गरिरहेको बताए। 
 
‘अधिकांश ब्राजिल र अर्जेन्टिनाको जर्सी बिक्री भएको छ,’ उनले भने, ‘जर्सी बिक्री भएको हिसावले नेपालमा उनीहरुकै देशका फ्यान बढी छन्भन्दा फरक नपर्ला।’ बिष्टले चीनबाट ३ हजार वटा जर्सी ल्याएका छन्।
उनको पसलमा ६ सय ५० देखि १५ सय रुपैयाँसम्मका जर्सी बिक्रीमा छन्। बिष्टले स्पेन र जर्मनीको पनि जर्सी केही मात्रामा बिक्री भएको बताए। 
 
चाइना टाउनमा रहेको आरजे स्पोर्टर्सका प्रोपाइटर जनक न्याैपानेले पनि आफ्नो पसलबाट ब्राजिल र अर्जेन्टिनाको जर्सी सबैभन्दा बढी बिक्री भएको सुनाए। 
 
उनले ब्राजिल र अर्जेन्टिनापछि जर्मनी, स्पेन, पोर्चुगलको जर्सी बिक्री भएको सुनाए। फ्रान्स र इटालीको जर्सी भने सोचेअनुसार बिक्री नभएको उनले गुनासो गरे। 
 
उनले पसलमा जेन्सका ५, लेडिजका २ प्रकारका र बालबालिकालाई हुने जर्सी पाइन्छ। उनले चीनबाट यसपटक ७ हजारवटा जर्सी ल्याएका छन्। आफ्नो पसलबाट दैनिक ७० को हाराहारीमा जर्सी बिक्री भइरहेको उनले बताए। 
 
अधिकांश स्पोर्टर्स पसलहरुबाट यसवर्ष सबैभन्दा बढी ब्राजिल र अर्जेन्टिनाको जर्सी बिक्री भएको पाइएको छ। 
 
ब्राजिल र अर्जेन्टिनापछि जर्मनी, स्पेन, पोर्चुगलका जर्सी बढी बिक्री भएको स्पोर्टर्स पसलका संचालकहरुले बताए। 
 
नेपालमा इङ्लिस प्रिमियर लिगको प्रभाव, बर्षौंदेखि फुटबलमा ब्राजिल र अर्जेन्टिनको हाबी भएकाले नेपाली फ्यानहरु पनि उनीहरुकै बढी रहेको फुटबलका जानकार बताउँछन्।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page