चितवन क्षेत्र नं ४ मा सवारी आवतजावतमा रोक लगाईयो, आज सझ ७ बजदेखि भोली बेलुका सम्म चलाउन नपाईने

चितवन, असार ७
चितवनको क्षेत्र नम्बर ४ मा भोली हुने उपनिर्वाचनका सम्पूर्ण तयारी पुरा भएको छ । निवार्चचनका लागि चाहिने विद्युतीय मतदान मेसिन सबै केन्द्रहरुमा पु¥याइएको छ । प्रमुख निर्वाचनको अधिकृत कार्यालयबाट आज दिउ“सो सबै निर्वाचन केन्द्रहरुमा विद्युतीय मतदान मेसिन पु¥याइएको कार्यालयका नायब सुब्बा जयनारायण आचार्यले जानकारी दिनुभयो ।उहा“ले सबै केन्द्रहरुमा आजैबाट ४ सय कर्मचारी खटि सकेको बताउनुभयो । मतदान केन्द्रका लागि आवश्यक सामाग्री सबै पुगि सकेका छन् ।
आज प्रत्येक मतदान केन्द्रमा बुथ निर्माण गरिएको छ । आज दिउ“सादेखि नै बुथ निर्माणको कार्य चलेको थियो । ६५ हजार २ सय ९९ मतदाता रहेको क्षेत्र नम्बर ४ मा ३१ मतदान स्थल र ८१ वटा मतदान केन्द्र रहेका छन् । चितवन क्षेत्र नम्बर–४ मा २८ वटा विद्यालय, शिवनगरको विश्व छहारी मन्दिर, गाविस र वडा कार्यालय भवनमा मतदान केन्द्रकालागि बुथ निर्माण गरिएको छ । आज दिउ“सादेखि नै बुथ निर्माणको कार्य चलेको थियो । ६५ हजार २ सय ९९ मतदाता रहेको क्षेत्र नम्बर ४ मा ३१ मतदान स्थल र ८१ वटा मतदान केन्द्र रहेका छन् । चितवन क्षेत्र नम्बर–४ मा २८ वटा विद्यालय, शिवनगरको विश्व छहारी मन्दिर, गाविस र वडा कार्यालय भवनमा मतदान केन्द्रकालागि बुथ निर्माण गरिएको छ । शिवनगरमा ६, गीतानगरमा १०, फुलबारीमा ४, मंगलपुर र पटिहानिमा १०/१०, गुञ्जनगरमा ११ र शारदानगरमा ८ वटा मतदान केन्द्र रहेका छन् । 
त्यस्तै भरतपुर नगरपालिकाका वडा नम्बर ७, ८, १३ र १४ मा गरी २२ वटा मतदान केन्द्र रहेका छन् । सबै केन्द्रहरुमा निर्वाचन आयुक्त इला शर्मा, प्रमुख निर्वाचन अधिकृत विनोदमोहन आचार्य, प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्मा, प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीलगायतको टोलीले आज अनगुमन समेत गरेको छ । 
यस्तै उपनिर्वाचनमा सुरक्षा व्यवस्था निकै कडा पारिएको जिल्ला प्रशासन कार्यलय चितवनले जनाएको छ । सुरक्षाकालागि प्रत्येक वुथमा ३० भन्दा बढि सुरक्षाकर्मी परिचालन गरीने भएको छ । हाइवे क्षेत्रमा सवारीसाधन सञ्चालनमा कुनै अवरोध नपुग्ने गरी निर्वाचन क्षेत्र प्रवेश गर्ने नाकाहरुमा चेक पोष्टनै खडा गरेर सुरक्षाकर्मी तैनाथ गरीदै छ । भोली हुनलागेको उपनिर्वाचनकालागि नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रत्येक बुथतर्फ आजै साझ प्रस्थान गरेका छन् । 
चुनावलाई व्यवस्थित र मतदातालाई सुरक्षाको प्रत्याभुति दिलाउन स्थानिय प्रशासन लागिपरेको प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले बताउनुभयो । उहाभोली विहान ७ बजेदेखि साझ ५ बजे सम्म मतदान गर्ने समय तोकिएको छ । विद्युतीय मतदान भएकाले भोली साझ नै नतिजा आउन सक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसका लागि उम्मेद्वारी दिएका सबै दलहरुले मतगणनाका लागि सहमती गर्नुपर्छ । 
यसैबीच आज साझ ७ बजेदेखि क्षेत्र नं ४ मा सवारी आवतजावतमा रोक लगाईको छ । सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासनबाट अनुमति लिएका बाहेकका सवारी आवतजावतमा रोक लगाइको प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले जानकारी दिनुभयो । भोली बेलुका निर्वाचन नसकिए सम्म सवारी संचालन गर्न नपाईने उहा“ले बताउनुभयो । 
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page