७ असार, काठमाडौं ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यसअघि साउन १४ गते नेपाल आउने भनिएकोमा उनि सोमवार पारेर नेपाल आउने भएका छन् ।
नेपाल भ्रमण भन्दा पनि शुपतिनाथको विशेष पूजा गर्न आउन लागेका मोदी सोमवार पारेर आउने भएको भारतीय जनता पार्टीका नेता डा। दिनेश उपाध्यायले बताएका हुन् ।
भारत निकट रहेर काम गर्दै आएका पत्रकार ऋषि धमलाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भारतीय नेता उपाध्यायले मोदीको एक महिनाभित्र नेपालको औपचारिक भ्रमण गर्ने बताए ।
भाजपा नेता उपाध्यायले भने उहाँ भुटान भन्दा पहिले नै नेपालको भ्रमण गर्न चाहनुहुन्थ्यो तर, प्राविधिक कारणले हुन सकेन । तपाईहरु निश्चिन्त हुनुहोस् साउन महिनाभित्र कुनै एक सोमबार उहाँ नेपाल आउँदै हुनुहुन्छ ।
प्रधानमन्त्री सुशील कोइराला अमेरिका स्वास्थ्य उपचारमा रहेकाले सबै प्रवन्ध मिलाउन समय लाग्न सके साउन १९ गते सोमवार नत्र १२ गते नै नेपाल आउने भएका हुन् ।
पत्रकारहरुको जिज्ञासामा उनले भारतीय जनता पार्टी नेपालमा हिन्दू राज्य हुनुपर्छ भन्ने पक्षमा नरहेको जिकिर गर्दै त्यो नेपाली जनताले निर्णय गर्ने बताए ।