विमान भैंसीसँग ठोक्कियो…

Spicejet-aircraft
नयाँ दिल्ली– आफूलाई विकसित मुलुकमा उभ्याउँदै गरेको भारतमा एउटा विमान एयरपोर्टमा भैसीसँग ठोक्किएको छ । भारतको सुरत विमानस्थलबाट दिल्लीका लागी उडान भर्न लागेको स्पाइस जेटको एसजी–६२२ को विमान बिहिबार साँझ टेक अफको समयमा रनवेमा भैंसीसँग ठोक्किएको थियो । विमानस्थलको रनवेमा एकैसाथ तीन भैंसी आएको र एउटासँग विमान ठोक्किएको भारतीय संचार माध्ययमहरुले बताएका छन् । भैंसी विमानको इञ्जिन भएको ठाउँमा ठोकिएको थियो । डेढ सय यात्रु लिएर उड्नलागेका विमानमा समस्या देखिएपछि तत्काल अर्काे विमानको व्यवस्था गरेर यात्रुहरुलाई दिल्ली पठाइएको थियो । एयरपोर्टमा यस्तो घटना हुँदा एयरपोर्टका जिम्मेवार अधिकारी भने त्यहाँ उपस्थित थिएनन् । यो घटनाले एयरपोर्टमा भैंसी कसरी पुगे र त्यस बेला एयरपोर्टका सुरक्षाकर्मीहरु कहाँ थिए लगायतका प्रश्नहरु उठेका छन् । घटनामा कसैको ज्यान नगएपनि विमानस्थल प्रशासनको लापर्वाहीका कारण यस्तो घटना भएको स्पाइस जेटका प्रवक्ताले आरोप लगाएका छन् । विमानस्थल आसपास आवारा पशुको बिगबिगी बढेपछि स्पाइस जेटले अनिश्चित कालका लागि सुरतको उडान स्थगित गरेको छ । (एजेन्सी) - 
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page