आजदेखि प्रथम गैंडाकोट महोत्सव सुरु, झाँकीसहितको शोभा यात्रा निकालियो

गैंडाकोट, कार्तिक २१, 
प्रथम गैडाकोट महोत्सव आजदेखि सुरु भएको छ ।
गैंडाकोटस्थित नारायणी नदि किनारमा उद्योग वणिज्य संघ गैंडाकोटद्धारा आयोजना गरीएको महोत्सव कार्तिक ३० गतेसम्म सञ्चालन हुनेछ ।  महोत्सव उद्घाटन गर्नुपुर्व गैंडाकोट नगरपालिका कार्यालय अगाडिदेखि महोत्सव स्थलसम्म शोभा ¥याली निकालिएको छ । 
विभिन्न जातजातीका बिशेष झाकी सहितको शोभा यात्राले गैंडाकोटका विभिन्न स्थानमा परिक्रमा गरेको छ। महोत्सवको दिउँसो उपप्रधान तथा स्थानिय विकासमन्त्री प्रकासमान सिंहले उद्घाटन गर्ने गैंडाकोट महोत्सब मूल आयोजक समितिका संयोजक अमृत भट्टचनले जानकारी दिनुभयो ।
गैंडाकोट महोत्सब मूल आयोजक समितिले महोत्सवमा विदेशीसहित ३ सय स्टल रहेको छ । महोत्सबको प्रमुख आर्कषणको रुपमा दैनिक उपभोग्य बस्तु तथा सेवाहरु, साना तथा घरेलु उत्पादनका सामाग्रीहरु, औद्योगिक तथा मेशिनरी तथा उपकरण, गार्मेन्टस तथा फुटवेयरसंगै विभिन्न जातजातीका रहनसहन झल्कने ७ वटा घरहरु महोत्सब परिसरमा रहेका छन् ।
भोलीदेखि राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट विशेष साँस्कृतीक कार्यक्रमहरु संचालन हुने साँस्कृतीक उपसमितीका संयोजक सूर्य पाण्डेले जानकारी दिनुभयो ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page