१८ वर्षीया सायरा ब्लेयरले अमेरिकामा भएको मध्यवर्ती निर्वाचनमा जित हासिल गरेर सबैलाई अचम्मित पारेकी छिन् । सायराले रिपब्लिकन पार्टीबाट निर्वाचनमा भाग लिएकी थिइन् ।
सायराले आफूभन्दा २६ वर्ष जेठी डेमोक्रेट लेन डेहललाई ३३ प्रतिशत मतले पराजित गरेकी थिइन् । जितसँगे उनी अमेरिकामा सबैभन्दा कम उमेरकी ‘ल मेकर’ बनेकी छिन् । सायरा वेस्ट भर्जिनिया युनिभर्सिटीकी छात्रा हुन् । उनको वेबसाइटका अनुसार उनी गर्भपतनको अधिकार र समलिंगी विवाहको विरोध गर्छिन् ।
यसअघि सायरा प्राइमरी निर्वाचनमा जित हासिल गरेपछि चर्चामा आएकी थिइन् । उनसँग चुनाव हारेपछि डेहलले भनेकी छिन्, ‘सायराको जlत जसरी सामुन्ने आएको छ, त्यो निकै नै सराहाना गर्न लायक छ । यसले प्रान्तमा एक सकारात्मक माहोल बनाउने छ । मलाई विश्वास छ सायरा राज्यलाई निकै राम्रो बनाउनेछिन् ।’ निर्वाचन जितेपछि सायराले निकै गौरवान्वित महसुस गरेको बताउँदै यो जित सबै मिलेर पाएको बताइन् ।