विप्लव माओवादीले चन्दा मागेपछि गाविस सचिव त्रसित

काभ्रे, माघ २४,
नयाँ गठन भएको नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपा (माओवादी) ले काभ्रेका गाविस सचिवहरुलाई चन्दा दिन दबाद दिएको छ । सचिवहरुका अनुसार पार्टीको आधिकारिक पत्र र सहयोग रसिद बिना नै पार्टीका व्यक्ति आएर १० हजारसम्म चन्दा मागिरहेका छन् । 
गाविस सचिव हकहित संरक्षण केन्द्र काभ्रेका अध्यक्ष एवं पात्लेखेत गाविस सचिव विश्वनाथ दाहालले चन्द माओवादीले चन्दा माग गरेको भएपनि दबाब भने नदिएको बताउनुभयो । अधिकांश गाविस सचिवहरुले पार्टीको आधिकारीक पत्र नदिएसम्म चन्दा सहयोग गर्न नसक्ने बताएका छन् । हालै सकिएको राष्ट्रिय सम्मेलनमा भएको खर्च जुटाउन गाविस सचिवहरुसँग चन्दा माग गरिएको नेकपा माओवादी काभ्रेका इन्चार्ज चुडामणि गौतम ‘हेमक’ले बताउनुभयो । 
पार्टीको नीति अनुसार १० हजारसम्म चन्दा दिने ब्यक्ति वा निकायलाई सहयोग रसिद दिइने उहाँले बताउनुभयो । १० हजारसम्म चन्दा मागिएपछि सचिवहरु भने त्रसित बनेका छन् । उनीहरुले चन्दा रकम धेरै भएको भन्दै दिन नसक्ने बताएका छन् ।

Tags:

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page