चितवनका दुई सरकारी निकायको मनपरीका कारण जनता मर्कामा परेका छन् ।
जिल्ला विकास समिती र रत्ननगर नगरपालिकाको मनपरीका कारण पूर्वी चितवनका जनता मर्कामा परेका छन् । जिल्ला विकास समिती र रत्ननगर नगरपालिकाले राखेको पटके ढाँटका कारण जनता मारमा परेका हुन् । चितवनको पर्यटकीय क्षेत्र सौराहा जाने बाटो अन्तर्गत पूर्वीचितवनको सौराहा चोक देखि सौराहाजाने सडकमा राखिएका ढाटका कारण सर्वसाधारण मर्कामा परेका हुन् । सौराह चोकदेखि सौराहा जाने करिव आठ किलोमिटर सडक खण्डमा दुईवटा पटके ढाँट रहेका छन्।
पाँच किलोमीटरको अन्तरमा रहेका ढाटले गर्दा त्यस सडकहुँदै दैनिक आवतजावत गर्ने सवारीसाधन तथा स्थानीयबासिन्दा आजित भएका छन् । प्रत्येक पटक उक्त सडकमा सवारीसाधन चलाए बाफत दुई स्थानमा कर तिर्नुपर्दा स्थानीय आजित र आक्रोशित हुने गरेका छन्। स्थानीय मात्र नभई सौराहा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक समेत एउटै सडकखण्डमा दुई स्थानमा राखिएका ढाट देख्दा चकित पर्ने गरेका छन् ।
स्थानिय तथा पर्यटकहरुले यसलाई लुटाहा प्रवृत्तिको रुपमा लिने गरेका छन्।
उक्त सडकखण्डमा रत्ननगर नगरपालिका र जिल्ला बिकास समितिले दुईवटा ढाट राखेका छन् । उनीहरुले प्रत्येक वर्ष टेण्डर आव्हान गरि पटके सडक दस्तुर संकलनका लागि ठेक्का लगाउने गरेका छन्।
यसरी राखिएको ढाँट अवैधानीक रहेको पाइएको छ । उक्त सडकखण्ड डिभिजन सडक कार्यालय भरतपुरको मातहतमा पर्ने र सो सडकमा कुनैपनि स्थानीय निकायले ढाट राखी सडक दस्तुर संकलन गर्न नमिल्ने डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख हरिकुमार पोख्रेल बताउनुहुन्छ । उहाँ भन्नुभयो–“त्यो सडक हाम्रो मातहतमा पर्छ, त्यँहा कुनैपनी स्थानीय निकायले ढाट राखेर कर असुली गर्छ भने त्यो अवैधानिक हो।”
जिल्ला विकास समितिमा भने त्यो सडकखण्ड डिभिजन सडक कार्यलयको मातहतमा परेको बारे आधिकारिक जानकारी नआएको स्थानिय विकास अधिकारी भरतमणी पाण्डेले बताउनुभयो। एउटै सडकखण्डमा दुईवटा ढाँट राख्ननहुने स्विकार गर्दै उहाँले अर्को आथिक वर्षदेखि जिविसले राखेको ढाँट हटाइने बताउनुभयो।

चितवन बिशेष, मा प्रकासित भएको