सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौं- मन्त्रीपरिषद बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ। प्रधानमन्त्रीको कार्यभार समालिरहेका उपप्रधानमन्त्री बामदेव गौतमको अध्यक्षतामा आज बिहान सिंहदरमबारमा बसेको बैठकले आगामी वर्षको नीति तथा कार्यक्रम पारित गरेको हो।
सरकारको तर्फबाट राष्ट्रपति रामवरण यादवले आज अपराह्न ३ बजे संसदमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री सुशील कोइरालाले बजेट प्रभावित हुन नदिने गरी कार्यक्रम अघि बढाउन कार्यवाहक प्रधानमन्त्री गौतमलाई निर्देशन दिएका थिए। उक्त निर्देशनअनुसार सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रम संसदमा पेस गर्ने लागेको सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जानकारी दिए।।
संविधानसभाको दोस्रो निर्वाचनपछि राष्ट्रपतिले पहिलो पटक सदनलाई सम्बोधन गर्न लागेका हुन्। जेठ १६ देखि नै बजेट अधिवेशन सुरु गरेको सरकारले अहिलेसम्म सदनमा आफ्नो वार्षिक नीति तथा कार्यक्रम पेस गर्न सकेको थिएन।

Tags: , , , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page