संविधानसभाको बैठक बहिस्कार गरि सडक आन्दोलनमा उत्रिएको एकीकृत नेकपा (माओवादी)ले आन्दोलनलाई प्रभावकारी बनाउन विभिन्न उपसमिति बनाउन थालेको छ ।
आन्दोलनको लागि चितवनको पूर्वी र पश्चिम कमाण्ड क्षेत्र विभाजन गरेको एमाओवादीको आइतबार दुबै क्षेत्रको बैठकले विद्यार्थी, किसान, आदिवासी जनजाती, महिला, मुस्लिम र पेशागत संगठनको छुट्टाछुट्टै जिम्मेवारी समेत तोकेको प्रचारप्रसार समितिका संयोजक डण्डपाणी पौडेले जानकारी दिनुभयो ।
पौडेलका अनुसार पश्चिम कमाण्डको जिम्मेवारी सम्हाल्नु भएका पार्टी केन्द्रीय परिषद् सदस्य घनश्याम दाहालको अध्यक्षतामा भरतपुरमा बसेको पश्चिम कमाण्डको बैठकमा पार्टी जिल्ला इन्चार्ज इश्वरी भट्टराईले निर्देशनसहितको प्रशिक्षण दिनु भएको थियो भने, अर्का केन्द्रीय परिषद सदस्य ठाकुर ढकालको अध्यक्षतामा खैरहनीको पर्सा बजारमा बसेको पूर्वी कमाण्डको बैठकले आन्दोलनको लागि विभिन्न उपसमिति बनाएर जिम्मेवारी दिएको छ । पूर्वी कमाण्डको बैठकमा पार्टी जिल्ला अध्यक्ष यमबहादुर परियारले कार्यकर्तालाई प्रशिक्षण दिनु भएको थियो ।
यसैबीच वाईसीएल चितवनले भण्डाफोर तथा खबरदारी अभियान अन्तरगत आन्दोलनलाई प्रभावकारी बनाउन विभिन्न निर्णय गरेको छ । वाईसीएल चितवनका अध्यक्ष इश्वर सापकोटाका अनुसार वाईसीएलले प्रत्येक गाबिस र नगरपालिकाका वडाहरुमा तीनदेखि ३५ जनासम्मको स्वयंसेवक टिम निर्माण गर्ने, माघ २७ गते सबै क्षेत्रमा कोणसभा गर्ने, माघ २९ गतेको सिठ्ठी जुलुस, फागुन ७ गतेको लाठ्ठी जुलुसलगायत फागनु १६ गते सम्मका आन्दोनलको कार्यक्रम र स्थान सार्वजननिक गरेको छ ।