त्यहि ‘जोष्ट’को लन्चिङमा रौनक थप्न पुगेकी नेपाली शाकिरा ‘इन्दिरा जोशी’ र हाँस्य कलाकार मनोज गजुरेलको प्रस्तुतीले लन्चिङ कार्यक्रम लाई नयाँ ताजगि दिए ।
अलि एक्स्ट्रा र आकर्षक ड्रेसअपमा प्रस्तुत भएकी इन्दिराले तिनवटा गित गाउने र नाच्ने सँगसँगै गरिन् । कार्यक्रमको शुरुमा सेतो पहिरनमा सजिएकी जोशीले ‘हातमा भिसा र मनमा नेपाल’ प्रसंगको गित गाईन । त्यो गितमा उनलाई नेपालको चर्चित ‘कुटुम्व ब्याण्ड’ले साथ दियो ।ईन्दिरा स्टेजमा उक्लेपछि अचानक खुसिले हौसिएका थिए । उनको कम्मर मर्काउने र जिउ हल्लाउने फरक स्टाईल देखेर दर्शकहरु निकै पुकलित भए र उनलाई हौस्याउँदै पटक–पटक ताली पिटीरहे ।
उध्रेको चोली गाउँदै उनले भनिन् ‘छुन त कहाँ पाईन्छ हो !’ उध्रेका चोलीमा हेर्न पाईने र छुन नपाईने गितको बोलमा मसला थप्दै उनले यसो भन्दा दर्शकहरु उनको स्टाईलिश नाचमा मन्त्रमुग्ध भैरहेका थिए ।
‘डान्स विथ मि’ ईन्दिराको पुरानै स्टाइल हो । उनले त्यहि स्टाइलले शुरु गर्दै ‘चौबन्दी चोली अनि रातो घाँघर’गाउँदै स्टेज कब्जा गरिन् ।
‘जेष्ट’ लन्चिङ कार्यक्रमलाई भब्य बनाउन ईन्दिरापछि मञ्च उक्लेका हाँस्यकलाकार मनोज गजुरेलले रियालीटी र गजुरीयालीटी भन्दै प्रचण्ड देखि बाराक ओवामा सम्मको क्यारिकेचर गरेर दर्शकालाई हँसाउनुसम्म हँसाए । उनि कहिले कविता भन्थे कहिले शायरी । यहाँसम्म कि उनले भुटानका छिरीङ तोग्वे र नेपाल घुम्न आएका बंगाली पर्यटकको सम्म क्यारिकेचर गर्न भ्याए । त्यस्तोमा दर्शकहरुले मध्य माघको चिसो बिर्सीसकेका थिए । बरु इन्दिराको गित र गजुरेलको हाँस्य रसको न्यानोमा गुटुमीटीएको आभाष हुन्थ्यो ।