भ्रष्टाचारको मुद्दामा पूर्व प्रहरी प्रमुख खरेलले पाए सफाइ

२५ माघ, काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले भ्रष्टाचारको मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएका छन् ।
Achut-Krishna-Kharelसर्वोच्च अदालतका प्रधानन्यायाधीश रामकुमार प्रसाद साह र न्यायाधीश दीपकराज जोशीबको इजलासले विशेष अदालतको फैसला सदर गरेको हो ।
पदको दुरुपयोग गरी १ करोड ६२ लाख बढी अकुत सम्पत्ति कमाएको दावी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६१ सालमा खरेलविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।
तर, विशेष अदलतका तत्कालीन अध्यक्ष भुपध्वज अधिकारीसहितको इजलासले हद म्याद नाघेको भन्दै मुद्दा खारेज गर्‍यो । तर, गत कात्तिकमा सर्वोच्चले हदम्यादकै कारण भ्रष्टाचारको मुद्दा खारेज गर्न उपयुक्त नहुने भन्दै खरेलको मुद्दा सुनावाइका लागि विशेषमा नै फर्काएको थियो ।
सर्वोच्चको आदेशपछि विषयबस्तुमा प्रवेश गरेको विषेशले खरेललार्इ सफाइ दिने फैसला सुनायो ।
आइतबार प्रधानन्यायाधीशसहितको इजलासले तत्कालीन प्रहरी प्रमुअ खरेलले गैरकानुनी रुपमा सम्पत्ति कमाएको नदेखिएको ठहर गरेको हो ।
Tags:

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page