वार्ताको लागि प्रम कोइरालाको औपचारिक आह्वान

एकीकृत माओवादी नेतृत्वको मोर्चालाई सहमतिबाटै संविधान ल्याउने आस्वासनसहित वार्तामा बोलाउन प्रधानमन्त्री सुशील कोइरालाले पहल थाल्न लाग्नु भएको छ । 
कोइरालले आज लिखित रुपमै वार्तामा आउन आह्वान गर्ने तयारी थाल्न लाग्नु भए पनि काहा कुन समयमा भन्ने यकिन भइनसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश अधिकारीले जानकारी दिनुभयो । संविधानको प्रक्रियामा असहमति जनाउँदै आन्दोलनमा गएका र संविधानसभाबाहिर रहेरका दललाई  लिखितै रुपमा वार्तामा ल्याउने विषयमा कोइरालले आजदेखि औपचारिक रुपमै पहल गर्न लाग्नु भएको हो । 
वार्तामा आउने आग्रहसहितको लिखित वक्तव्यको विषयमा कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतसंग परामर्श पनि गरिसक्नु भएको छ । सत्तापक्षले सहमतिमा संविधान जारी गर्ने लिखित प्रतिबद्धता नजनाएसम्म वार्तामा बस्न नसकिने एमाओवादीले जनाइसकेको छ । विपक्षी मोर्चाको यस्तो अडानकै कारण प्रधानमन्त्रीले लिखित आह्वान गर्न लाग्नु भएको हो ।
राजनीति, मा प्रकासित भएको
Tags:

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page