भरतपुर क्यान्सर अस्पताल व्यवस्थापन सुधार नभए सरकारले हस्तक्षेप गर्न सक्ने स्वास्थ्य सचिवको संकेत
सन्तकुमार चौधरी –
भरतपुर १० असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव शान्तवहादुर श्रेष्ठले चितवनको भरतपुर स्थित वीपी कोइराला मेमोरियल क्यान्सरको व्यवस्थापन सुधार नभए सरकारले हस्तक्षेप गर्ने संकेत गरेका छन् ।
११ औं राष्ट्रिय क्यान्सर सर्तकता दिवसको अवसरमा भरतपुरमा आयोजित अस्पतालको १६ औं वार्षिकोत्सव कार्यक्रमलाई संवोधन गर्दै सचिव श्रेष्ठले अस्पतालको सेवा सुधारका लागि सरकारले प्रत्येक वर्ष बजेट सुधार गरेपनि फितलो व्यवस्थापनका कारण अस्पतालले फड्को मार्न नसकेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सचिव श्रेष्ठले यो वर्षमात्रै अस्पताल व्यवस्थापनका लागि सरकारले २५ करोड ५० लाख रुपैयाँ बजेट बिनियोजन गरेको जानकारी दिए । यो सँगै अस्पातललाई आवश्यक पर्ने नयाँ सिटीस्क्यान मेसिन, पेट स्क्यान लगायत अस्पताललाई आवश्यक पर्ने मेसिन तथा औजार खरिदका लागि सरकारले ५६ करोड थप पुँजीगत अनुदानको व्यस्थापन गरेको बताए ।
धुम्रपानका कारण प्रत्येक २ घण्टामा १ जना नेपालीले ज्यान गुमाइरहेको भन्दै सचिव श्रेष्ठले उपचार सेवालाई प्रभावकारी बनाउन अस्पातल व्यवस्थापन समितिलाई सुझाव दिए । उनले सरकारी अस्पतालमा कार्यरत्त चिकित्सलाई अनुशासनमा ल्याउन सरकारले नयाँ खालको नीति ल्याउन लागेको समेत जानकारी दिए । उनका अनुसार सरकारी अस्पातलका चिकित्सकहरुलाई थप भत्ता दिने तर निजी मेडिकल वा अस्पतालमा काम गर्न नदिने गरी नीति ल्याउन लागिएको हो । कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले क्यान्सर अस्पतालका चिकित्सकलाई पेशागत इमान्दारिता निभाउन निर्देशन दिएका छन् ।
अस्पतालका चिकित्सक देखि कर्मचारी कोहीपनि आफ्नो पेशाप्रति इमान्दार नभएको तर्क गर्दै प्रमुख जिल्ला अधिकारी सिंहले अस्पताललाई विवादरहित बनाउन सुझाव दिए । केही दिन अगाडी चितवन प्रशासनले अस्पतालमा छड्के चेकजाँच गर्दा २१ जना कर्मचारी र केही जिम्मेवार चिकित्सकहरु अनुपस्थित भेटिएको तर्क गर्दै प्रमुख जिल्ला अधिकारी सिंहले क्यान्सर अस्पातलका कर्मचारी, चिकित्सक एवम व्यवस्थापन समितिका पद्धाधिकारी सबै आ–आफ्नो पेशाप्रति इमान्दार नदेखिएको स्पष्ट पारे । उनले अस्पतालका चिकित्सकहरुनै निजी अस्पातलमा विरामी पठाउने गरेको समेत खुलासा गरे । निजी अस्पतालमा विरामी पठाएवापत चिकित्सकले निश्चित रकम पाउने गरेको गुनासो सेवाग्राहीमा रहेको भन्दै अस्पातल चिकित्सकहरुको कमाउने अड्डा बन्दै गएको बताए । यसमा सबैको मिलेमतोमा हुन सक्ने आंशका समेत व्यक्त गरे । कार्यक्रममा चितवनका राजनीतिक दलका प्रतिनिधिहरुले समेत अस्पातल व्यवस्थापनका गतिविधिको विषयमा कडा आलोचना गरेका थिए ।
अस्पतालका नव नियुक्त अध्यक्ष प्रकाश न्यौपानेका अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा अस्पातलका कार्यकारी निर्देशक चिनवहादुर पुनले अस्पतालका वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए ।